विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सौर्य ऊर्जा (सोलार) उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले ऊर्जा बिक्री दर पुरानै दररेटमा कायम गर्न नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै सोपानले पुरानै दर ७.३० रुपैयाँ कायम गर्न माग गरेको हो ।

प्राधिकरणले प्रतिस्पर्धीदरमा तोकेको आधारदर (५.९४ रुपैयाँ) मा लगानी गर्न नसक्ने हुँदा पुरानै दर कायम गर्न ऊर्जा उत्पादकहरूले माग गरेका हुन् । प्राधिकरणले मंसिर १२ गते प्रतिस्पर्धी दरमा सौर्य ऊर्जा खरिद गर्न बोलपत्र आह्वान गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको २०७८ माघ ९ गते बसेको बैठकले सौर्य विद्युत आयोजनाहरूको लागि प्रतिस्पर्धाको माध्यमबाट गर्ने निर्णय फिर्ता लिनको लागि सौर्य ऊर्जा उत्पादकहरूले माग गरेपनि त्यसलाई अवज्ञा गर्दै बोलपत्र निकालेको सोपानले गुनासो गरेको छ । प्राधिकरणले १०० मेगावाटका लागि निकालेको बोलपत्रमा ५.९४ रुपैयाँ आधारदर तोकिएको छ ।

‘भारतमा बनिरहेका सौर्य विद्युत आयोजनाको जडित क्षमता ५ सय देखि १ हजार मेगावाटसम्मछ, ’मागपत्रमा भनिएको छ, ‘नेपालमा अहिलेसम्म १० मेगावाटसम्मका सौर्य विद्युत आयोजना मात्रै निर्माण गर्न सम्भव भएकाले भारतसँग तुलना गरेर नेपालमा सौर्य विद्युत आयोजनाको लागत अनुमान गरिनु नै त्रुटिपूर्ण देखिन्छ ।’

भारतमा सौर्य विद्युत आयोजना निर्माण भएको क्षेत्रमा जग्गाको प्रतिविगाह मूल्य ५ देखि ८ लाख भारु मात्रै रहेको र यसको तुलनामा नेपालमा जग्गा महंगो हुने हुँदा प्राधिकरणले अनुमान गरेको लागतमा आयोजना बनाउन नसकिने सोपानको पत्रमा उल्लेख छ । बैंकको ब्याजदर १० प्रतिशत राखेर प्रतिस्पर्धी दर तोकिएको भएनपि हाल ११ देखि १३ प्रतिशतसम्म रहेको उल्लेख छ ।

बैंकको ब्याजदर नै १३ प्रतिशतसम्म पुगेकाले प्रतियुनिट ५.९४ रुपैयाँमा विद्युत बिक्री गर्ने गरी लगानी गरेर प्राधिकरणले अनुमान गरेको जस्तो लगानीकर्ताले १५ प्रतिशत प्रतिफल पाउन सम्भव नदेखिएकाले २० प्रतिशतसम्म प्रतिफल आएमा मात्रै लगानी गर्न सकिने सोप्पानको पत्रमा भनिएको छ ।

भारतले सौर्य ऊर्जा उत्पादकहरूलाई प्रतियुनिट ५ भारु (८ नेरु) दिइरहेको हुँदा नेपाली प्रवद्धकका लागि ५.९४ रुपैयाँ दर तोकिनु अव्यवहारिक र अदुरदर्शी निर्णय भएको सोप्पानको पत्रमा उल्लेख छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत विकास सम्बन्धी कार्यविधि, २०७८’ को दफा ६ (२) मा ‘आयोजनाबाट खरिद गरिने वैकल्पिक विद्युतको खरिद दर विद्युत नियमन आयोगले तोके बमोजिम हुनेछ भनिएको छ ।

विद्युत नियमन आयोगले जारी गरेको ‘विद्युत खरिद बिक्री तथा अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त सम्बन्धी विनियमावली, २०७६’ कायम रहेसम्म सोही विनियमावलीको विनियम ७ को उपविनियम (५) मा उल्लेखित दर नै कायम रहने उल्लेख छ ।

आयोगको ‘विद्युत खरिद बिक्री तथा अनुमतिपत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त सम्बन्धी विनियमावली, २०७६’ उपविनियम (५) मा ‘विद्युत खरिदकर्ताले एक मेगावाट भन्दा बढी क्षमताको वैकल्पिक ऊर्जा आयोजनासँग विद्युत खरिद सम्झौता सम्पन्न गर्दा प्रति युनिट सात रुपैँया तीस पैसामा नबढ्ने गरी प्रतिस्पर्धाको माध्यमबाट पनि खरिद बिक्री दर कायम गर्न सक्नेछ । तर, एक मेगावाटसम्मका वैकल्पिक ऊर्जा आयोजनाको विद्युत खरिद बिक्री दर वार्षिक मूल्य वृद्धि नहुने गरी प्रति युनिट ७.३० रुपैँया कायम गरिनेछ सो दर नेट मिटरिंगका ग्राहक वा संस्थाको हकमा समेत लागू हुने’ उल्लेख छ ।

‘तसर्थ खरिद मुल्यमा संशोधन नगरी ७.३० रुपैयाँमा सौर्य ऊर्जा उत्पादन भएमा सौर्य ऊर्जा उत्पादन गरी नेपालको आर्थिक विकासमा योगदान दिन चाहने हामी ऊर्जा उत्पादकहरूलाई ठूलो प्रोत्साहन हुने हुनाले सो को लागि अविलम्व कारवाही अगाडि बढाउन हुन अनुरोध गरेका छौं,’ पत्रमा छ ।

याे पनि पढ्नुहाेस

सौर्य ऊर्जाको पीपीएका लागि प्रस्ताव आह्वान

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit