विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी र ब्रह्मायणी नदीबाट ९१ मेगावाटका तीन विद्युत् आयोजना निर्माण सुरु भएको छ । जुगल गाउँपालिकाको तेम्बाथानमा दुई आयोजना निर्माण गरिने छ। यसका लागि विद्युत् खरिद सम्झौता भइसकेको छ । निर्माणको चरण पनि सुरु भइसकेको आयोजनाहरुको भनाइ छ ।

शैलुङ पावर कम्पनी प्रालिले ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजना बनाइरहेको छ । भोटेकोसी गाउँपालिकामा अढाई दशकअघि बनेको ४५ मेगावाटको अपर भोटेकोसी आयोजनाको पावर हाउसबाट निस्केको पानी प्रयोग गरेर उक्त नयाँ आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष बच्चु पौडेलले जानकारी दिए । विद्युत् खरिद सम्झौता एक वर्षअघि नै भइसकेको छ भने लागत करिब ८ देखि ९ अर्ब लाग्ने अनुमान रहेको उनले बताए ।

भोटेकोसीको पानी करिब तीन किमि सुरुङबाट स्थानीय चाकुमा निर्माण हुने अन्डरग्राउन्ड पावरहाउसमा प्रवेश गराइनेछ । आयोजनाले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेर निर्माण सुरु गरेको पौडेलले जनाए । बैंक ऋणको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डमा पर्ने उक्त आयोजनाका लागि प्रवेशमार्ग निर्माण, जग्गा अधिग्रहणलगायत काममा झन्झट नरहेको उनले बताए । आयोजनाको निर्माण सहज हुने अनुमान गरिएको पौडेलको भनाइ छ ।

ब्रह्मायणी हाइड्रोपावर कम्पनीले ३६.५२ मेगावाटको ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण थालेको छ । जुगल गाउँपालिकास्थित हिमाली भेग तेम्बाथान बस्तीको अर्काे साइटमा निर्माण हुने यो आयोजनाको लागत करिब ७ अर्ब छ । यस आयोजनामा पनि विद्युत् खरिद सम्झौता (पीपीए) भइसकेको छ । उक्त आयोजनाको सुरुङ ६ किमिको हुनेछ । आयोजनाको हेड ५ सय ५२ मिटर हुने र यसले वर्षेनी करिब एक अर्ब २२ करोडको विद्युत् बिक्री गर्ने कम्पनीका अध्यक्ष भरत पराजुलीले जानकारी दिए ।

इन्टिग्रेटेड हाइड्रो फन्ड नेपाल प्रालिले १५.१५ मेगावाटको अप्पर ब्रह्मायणी जलविद्युत् आयोजना निर्माण गर्दै छ । जुगल हिमालको फेदीमा निर्माण गरिने उक्त आयोजनाका लागि करिब तीन अर्ब लगानी हुने अनुमान छ । लगानबेसीमा निर्माण हुने उक्त आयोजनामा जुगल हिमालबाट बग्ने नाम्या मसाल खोलाको पानीबाट विद्युत् उत्पादन गरिने हाइड्रो फन्डका अध्यक्ष भरत पराजुलीले बताए ।

बर्सेनि ५२ करोडको विद्युत् बिक्री गर्ने लक्ष्य राखिएको उनको भनाइ छ । अहिले आयोजनामा पुग्ने प्रवेशमार्ग निर्माण भइरहेको छ । काठमाडौंबाट ११० किमि दूरीमा पर्ने दुवै आयोजना निर्माणका लागि संस्थापक सेयर २५ र बैंक ऋण ७५ प्रतिशत रहने पराजुलीले जानकारी दिए । ‘अहिले हामी प्रमोटरहरूकै लगानीले काम गरिरहेका छौं,’ उनले भने, ‘बैंक ऋण स्वीकृत हुने प्रक्रियामा छ ।’

कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit