विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १७, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल–भारत ९औं जलस्रोत सचिवस्तरीय संयुक्त बैठक (जेसिडब्लूआर) बुधबार (असोज ५ गते) देखि काठमाडौंमा हुन लागेको छ । सुरुका दुई दिन सहसचिवस्तर (जेएसटिसी) मा छलफल भएका एजेण्डा तथा विषयलाई तेस्रो दिन सचिवस्तरीय बैठकले अनुमोदन गर्ने गरी कार्यक्रम तय गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव शिशिर कोइरालाले नेतृत्व गर्ने जेएसटिसी बैठकमा बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माण, सप्तकोसी उच्चबाँध, दोधारा–चाँदनीका लागि सिँचाइको मुद्दा, शारदा नदीबाट टनकपुरसम्मको लिंक क्यानल लगायत विषयमा छलफल हुने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिए ।

भेटुवालका अनुसार पश्चिम राप्ती, बाढगंगा र खाँडो नदीमा तटबन्द निर्माण, कपिलवस्तुको रोहिणी नदीमा पुल निर्माणको विषयमा पनि बैठकमा छलफल हुनेछ । तेस्रो दिन अर्थात् असोज ७ गते जेसिडब्लूआरको बैठक मन्त्रालयका जलस्रोत हेर्ने सचिव सागरकुमार राई तथा उनका भारतीय समकक्षीको अगुवाईमा हुने तथा निर्णय अनुमोदन गरिने भएको छ ।

भारतको नयाँ दिल्लीमा जेसिडब्लुआरको ८औं बैठक भएको झण्डै ४ वर्षपछि अर्थात् ३ वर्ष ८ महिनापछि ९औं बैठक बस्न लागेको छ । ८औं बैठक २०७५ साल पुस २५ गतेदेखि २७ गतेसम्म बसेको थियो भने ७औं बैठक २०६९ साल माघ ११ र १२ गते काठमाडौंमा बसेको थियो । यस्तै, छैटौं बैठक २०६८ साल मंसिर ८ र ९ गते दिल्लीमा भएको थियो ।

८औं बैठकमा महाकाली नदीबाट नेपालले पानी पाउनुपर्ने सतह (सिल लेभल), चाँदनी र दोधारामा पानी उपलब्ध गराउनुपर्ने विषय, सप्तकोसी उच्च बाँधलगायत मुद्दाबारे छलफल भए पनि केही निर्णय भएन । जलस्रोत सचिवस्तरीय बैठकमा महाकालीबाट नेपालले पाउनुपर्ने पानीको सतह निकै पेचिलो बन्ने गरेको छ तर यसको टुंगो अझै लागेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit