विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । केही दिनदेखिको अविरल वर्षासँगै आएको बाढीले सुनसरीमा निर्माणाधीन ४०० केभी र २२० केभी सबस्टेसनमा क्षति पुर्याएको छ । वर्षासँगै भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन सबस्टेसनमा क्षति पुर्याएको हो ।

खोलाको बाढी पस्दा सबस्टेसन अहिले डुबानमा परेको छ । बाढीले सबस्टेसनको कम्पाउण्ड वाल बगाएको छ । जडानका लागि ट्रन्सफर्मर,रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएका केही उपकरण बाढीले बगाएको छ । केही डुबानमा परेका छन् ।

आगामी पुसभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको सबस्टेसनमा जडान गर्न राखिएका केही उपकरण समेत बाढीमा बगेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार केही उपकरण बाढीमा डुबेका छन् । जडानका लागि ट्रन्सफर्मर,रियाक्टर सर्किट ब्रेकर लगाएत  निर्माणस्थलमा ल्याइसकिएका मुख्य उपकरणहरुमा बाढीले क्षति पुर्याएको छ ।  

‘बाढीले सबस्टेसन जलमग्न छ । जडानका लागि राखेका उपकरण पनि बाढीमा बगेका छन्,’ उनले भने, ‘सबस्टेसन आयोजनाको कार्यालय भवनमा समेत पानी भरिएको छ ।’ उनले अहिले खोला नै सबस्टेसनबाट बगिरहेको बताए । सबस्टेसन नै तालमा परिणत भएकाले अहिले नै क्षतिको विवरण आइनसकेको पनि घिसिङले बताए ।

सबस्टेसनमा कार्यरत प्राधिकरणका कर्मचारी तथा कामदारलाई सुरक्षित स्थानमा सारिएको छ । दुवै सबस्टेसनको सिभिलतर्फको अधिकांश निर्माण पूरा भइसकेको थियो । दुवै सबस्टेसन आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit