विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ताप्लेजङको मेवा खोलामा ५ जलविद्युत आयोजना निर्माण हुने भएका छन् । मेवा खोलाको पानी प्रयोग गरी १५८.७ मेगावाट  बराबरका यी आयोजना निर्माण हुन लागेका हुन् । 

निर्माण हुनेमध्ये २ जलविद्युत आयोजनाले विद्युत विकास विभागबाट उत्पादन अनुमति पाइसकेका छन् । एउटा जलविद्युत आयोजनाले उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको छ । अन्य २ जलविद्युत आयोजना अध्ययनकाे चरणामा छन् । 

युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनीले ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजना निर्माण गर्दैछ । विभागले आयोजना निर्माण गर्न २०७४ साउन १५ गते  आयोजनाकाे उत्पादन अनुमति दिएको थियो । 

अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनाउने काम सकिएको सिभिल इन्जिनियर दिपेश अधिकारीले बताए । उनका अनुसार वित्तीय व्यवस्थापनलगायत सबै काम पूरा गरेर ३ महिनाभित्र आयोजनाको काम सुरु गरिने भएकाे छ । निर्माण पूरा भएपछि उत्पादन हुने  विद्युत काेसी काेरिडाेरकाे ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिने छ । 

यसैगरी,  ४९ मेगावाटको मध्य मेवा जलविद्युत आयोजना मेवा डेपलपर्स कम्पनीले निर्माण गर्ने भएको छ । कम्पनीले विभागबाट २०७६ माग १२ गते आयोजनाकाे उत्पादन अनुमतिपत्र लिइसकेकाे छ । 

आयोजना पूरा गर्न ९ अर्ब ५० करोड लागत अनुमान गरिएको छ । आयोजनामा हिमालयन बैंकको अगुवाईमा नेपाल इन्फ्रास्ट्रक्भर, कुमारी, क्रेडिट एण्ड कमर्श, एसबीआइ र सानिमा बैंकले ७५ प्रतिशत ऋण लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । २५ प्रतिशत स्वपुँजी लगानी छ । 

यही खोलामा २३ मेगावाटको मेवा खोला जलविद्युत आयोजना निर्माण गर्न युनियन मेवा हाइड्रो कम्पनीले उत्पादन अनुमतिका लागि विभागमा आवेदन दिएको छ । कम्पनीले गत मंसिर १५ गते विभागमा आवेदन पेश गरेको हो । अब लगानी जुटेपछि आयोजनाकाे निर्माण सुरु हुनेछ ।

यस्तै, खोलामा ३१.९२ मेगावाटको अप्पर मेवा खोला–ए र ४.७८ मेगावाटको मेवा खोला–ए निर्माण गर्न अध्ययन भइरहेको छ । सुर्य होल्डीङ कम्पनीले २०७४ साउनमा विभागबाट अनुमतिपत्र लिएर अप्पर मेवा खोला–एकाे अध्ययन गरिरहेकाे छ । क्यूव इनर्जीले पनि २०७६ असोजमा अनुमतिपत्र लिइ  मेवा खोला–ए काे अध्ययन  अध्ययन गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit