विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको मातहतमा निर्माणाधीन २७० मेगावाटका जलविद्युत आयोजनाको विद्युत २०८० असारभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएका छन् । रसुवा र सिन्धुपाल्चोकमा निर्माणाधीन ४ आयोजनाको विद्युत प्रसारण प्रणालीमा थपिन लागेका हुन् ।

कम्पनीको सहायक कम्पनीमार्फत निर्माणाधीन १४.८ मेगावाटको माथिल्लो, ४२.५ मेगावाटको सान्जेन, १११ मेगावाटको रसुवागढी र १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाले ५ महिनाभित्र उत्पादन सुरु गर्न लागेका हुन् ।

रसुवामा सान्जेन जलविद्युत कम्पनीद्धारा निर्माणाधीन माथिल्लो सान्जेनले भने आगामी चैतभित्र नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । ९९ प्रतिशत सिभिल निर्माण पूरा भएको आयोजनाको समग्र प्रगति ९६ प्रतिशत भएको कम्पनीले जनाएको छ ।

यही कम्पनीको ४२.५ मेगावाटको सान्जेनको पनि भने ९३ प्रतिशत काम सकिएको छ । यो आयोजनाले भने २०८० असारभित्र उत्पादन थाल्ने लक्ष्य राखेको छ ।

सान्जेन निर्माण सम्पन्न गर्न ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेनका लागि २ अर्ब २१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको पनि निर्माणमा भएको ढिलाई, डलर मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा लागत बढ्ने कम्पनीले जनाएको छ ।

यही जिल्लामा रसुवागढी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको रसुवागढी आयोजनाको काम पनि ९४ प्रतिशत पूरा भएको छ । यो आयोजना पनि असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । यो अवधिमा निर्माण सम्पन्न गर्न ब्याज बाहेक १७ अर्ब १ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसीको काम ९५ प्रतिशत पूरा भएको छ । यसले असारभित्र उत्पादन सुरु गर्नेछ । आयोजना सम्पन्न  गर्न १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो । आयोजनाको लागत अनुमान गरिएभन्दा साढे २ अर्ब बढी लाग्ने कम्पनीको अनुमान छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।  आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक .१५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ रहेको छ । निर्माणाधीन आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । चिलिमेको अहिले २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit