विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सेती हाइड्रो पावर प्रालिले कास्कीको मुसेतोडामा निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको काम ५५ प्रतिशत पूरा भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ मा अवस्थित आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

निर्माणाधीन आयोजनाको सबै क्षेत्रको काम एकसाथ भइरहेकाे आयाेजना प्रमुख उज्जल रेग्मीले बताए । उनका अनुसार आधा भन्दा बढी निर्माण सकिएको आयोजनाको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाको सबै काम पूरा गरेर २०८१ साउन १३ गते विद्युत उत्पादन थाल्ने कम्पनीको लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न ५ अर्ब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७५ प्रतिशत ऋण लगानी र २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ । स्वपुँजीमध्ये डोल्मा इम्प्याक्ट फण्ड–२ ले स्वपुँजी मध्ये ४९ प्रतिशत, सर्वसाधारणले ३० प्रतिशत र बाँकी संस्थापकहरूको लगानी हुनेछ ।

क्यू४२ डिजाइन गरिएको आयोजनाको बाँध क्षेत्रकाे पनि काम भइरेकाे छ । हेडरेस टनेल (सुरुङ) ३१०० मिटर खन्नुपर्नेमा करिब आधाभन्दा बढी खन्ने काम सकिएको छ । अहिलेकै गतिमा काम गर्दा तोकिएको लागत र समयभित्र आयोजना पूरा हुने उनको भनाइ छ ।

आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक र नेपाल पूर्वाधार विकास बैंकको लगानी रहेको छ । आयोजनाबाट वार्षिक १३ करोड ३० लाख युनिट विद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । उत्पादित विद्युत प्रवाह गर्नका लागि १.५ किलोमिटर प्रसारण लाइनमार्फत लेखनाथ–दमौली १३२ केभीमा ‘लुप इन लुप आउट’ प्रविधिवाट जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit