विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मिड सोलु हाइड्रो पावर लिमिटेडले साउन १४ गतेदेखि पहिलो चरणको सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्ने तयारी गरेको हो । 

जारी पूँजीको १० प्रतिशत अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सय रुपैयाँ अंकित ७ लाख ४८ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५ लाख ६१ हजार ३ सय कित्ता सेयर अति प्रभावित क्षेत्र (सोलुखुम्बु जिल्ला साविकको सल्लेरी र तिङ्ला गाविस हालको सोलुदुधकुण्ठ नगरपालिका वडा नम्बर ३, ४, ५, ६, ७ र ११) को बासिन्दाहरूको लागि र १ लाख ८७ हजार १ सय कित्ता सेयर सोलुखुम्बु जिल्लाको स्थानीय बासिहरूको लागि निष्कासन गर्ने तयारी गरिएको छ । 

वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि भने सर्वसाधारणका लागि निष्कासन हुने सेयररको १० प्रतिशत अर्थात ७४ हजार ८ सय ४० कित्ता सेयर निष्कासन गरिनेछ । यसैगरी, जारी पूँजीको २० प्रतिशत अर्थात १४ लाख ९६ हजार ८०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रभावित स्थानीय र वैदेशिक रोजागारीमा गएका नेपाली नागरिककले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । स्थानीयले छिटोमा साउन २८ गतेसम्म र ढिलोमा भदौ ११ गतेसम्म र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिककले साउन २८ गतेसम्म मात्रा आवेदन दिन पाउनेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआईसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit