विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवीकरणीय ऊर्जाको उपयोग गरी उत्पादन हुने हरित हाइड्रोजनलाई इन्धनकोरूपमा खपत गरी पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न सकिने सरोकारवालाहरूले बताएका छन् । देश जलविद्युत उत्पादनमा आत्मनिर्भर हुँदै गएकाले स्वच्छ ऊर्जाको उपयोग गरी उत्पादन हुने हाइड्रोजनलाई इन्धनकोरूपमा खपत गरेर पेट्रोलियम आयात प्रतिस्थापनको विकल्पमा जानुपर्नेमा उनीहरूले जोड दिएका हुन् ।

काठमाडौं विश्व विद्यालयले सोमबार धुलिखेलमा आयोजना गरेको ‘नेपालका लागि हरित हाइड्रोजन’ विषयक कार्यक्रममा सहभागी सरोकारवालाहरूले विश्वका धेरै राष्ट्रले बढ्दो कार्बन उत्सर्जन न्यूनिकरण गर्न हरित हाइड्रोजन इन्धनको विकल्पका लागि अध्ययन अनुसन्धान गरिरहेकाले नेपालले पनि सक्रियता देखाउने बेला आएको बताए ।

विश्व विद्यालय (केयु) का उपकुलपति भोला थापाले विश्वको ऊर्जा बजार नयाँ ढंगले अघि बढिरहेकाले परम्परागत ऊर्जाको बजार पनि प्रतिस्थापन हुँदै जाने बताए । उनले आधुनिक ऊर्जा प्रविधिले परम्परागत ऊर्जा प्रविधिलाई प्रतिस्थापन गर्ने बताए ।

उनले जलविद्युत नवीकरणीय ऊर्जा भएको हुँदा यसको उपयोग गरेर उत्पादन हुने हाइड्रोजनलाई इन्धनकोरूपमा उपयोग गर्दा त्यो हरित हाइड्रोजन हुने बताए । ‘हाइड्रोजनका बारेमा सबैले जाने सुनेकै छन्,’ उनले भने, ‘नवीकरणीय ऊर्जाको उपयोग गरेर व्यापारिक प्रयोजनका लागि हाइड्रोजन उत्पादन गरी इन्धनकोरूपमा कसरी उपयोग गर्न सकिन्छ भन्नेबारेमा केयुले पनि अध्ययन गरिरहेको छ ।’

उनले केयुले देशमै उत्पादन भएको जलविद्युत उपयोग गरी हरित हाइड्रोजन उत्पादन गर्न सकिन्छ भन्ने सम्भावना देखाइदिनका लागि नै अध्ययन गरिरहेको बताए । भविश्यमा लगानी सम्भावनाको ढोका खोल्नकै लागि नेपाल आयल निगमसँगको सहकार्यमा केयुले हाइड्रोजन उत्पादन र यसलाई इन्धनकोरूपमा परीक्षण गर्न काम गरिरहेको पनि उनले बताए । 

सम्भावना देखिएको अवस्थामा व्यापारिक प्रयोजनका लागि निजी क्षेत्रले हाइड्रोजन प्लान्ट राखेर हरित हाइड्रोजन उत्पादन गरी बिक्री वितरण गर्न पाउने नीतिगत व्यवस्था सरकारले गरिदिनुपर्नेमा उनले जोड दिए । विश्वका धनी देशहरू हाइड्रोजन इन्धनको विकल्पमा गइसकेकाले नेपाल पनि ढिलो चाँडो यसको विकल्पमा जानु नै पर्ने भएकाले अहिलेबाटै अध्ययनको थालनी केयुले गरेको उनले बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले देशको दीर्घकालिन फाइदाका लागि हरित इन्धनको विकल्पमा जान केयुसँग सहकार्य गरेको बताए । उनले निगमका लागि हाइड्रोजन इन्धन नयाँ विषय भए पनि भविश्यमा यसको उपयोग अनिवार्य जस्तै हुने अवस्था आउन लागेकाले अहिलेबाटै यसबारेमा अध्ययन अनुसन्धानका लागि केयुलाई सघाइरहेको बताए ।

‘उत्पादनको हिसाबले हाइड्रोजन महंगो नै देखिन्छ,’ उनले भने, ‘तर, देशको व्यापार घाटा बढाउने आयातित पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न यो नै सही र एकमात्र विकल्प हो’ उनले अहिले नेपाल व्यापारिक हाइड्रोजन उत्पादनमा शून्यमा रहे पनि कोही अनुसन्धान गर्न आएमा केही न केही जानकारी दिन सकिने अवस्थामा रहेको बताए ।

हाइड्रोजन उत्पादन गर्ने उद्योग स्थापना गर्न यसको बजारको सुनिश्चितता हुनुपर्नेमा उनले जोड दिए । सुरुवातमा सरकारले नै लगानी गरेर बाटो देखाइदिएपछि निजी क्षेत्रले पनि लगानी गर्ने उनको भनाई छ । हरित हाइड्रोजन उत्पादन कार्यको सुरुवात आजबाट भएमा भोलि निजी क्षेत्रको लगानी आउने उनले बताए । अबको एक वर्षमा हरित हाइड्रोजन इन्धनको प्रयोगबाट केही बस सञ्चालन हुने पनि उनले जानकारी दिए ।

निगमका नावय कार्यकारी निर्देशक शुशिल भट्टराईले पेट्रोलियम आयातको ग्राफ हरेक वर्ष उकालो लागिरहेकाले पनि यसको विकल्पबारेमा अहिलेबाटै सोच्नु पर्ने समय आएको बताए । ‘खाना पकाउने ग्यासको माग तीव्र गतिमा बढिरहेकाले कसरी धान्ने भन्ने चिन्ता निगमलाई छ,’ उनले भने, ‘हरित हाइड्रोजन ग्यासको उत्तम विकल्प हो भने यो विकल्पमा हामी जानुपर्छ ।’ 

केयुका प्राध्यापक तथा हरित हाइड्रो ल्याब प्रमुख विराज सिंह थापाले विश्वका केही देशले हाइड्रोजन इन्धनबाट सार्वजनिक बसहरू चलाउन सुरु गरिसकेकाले नेपालमा पनि यसको सम्भावनाका सम्बन्धमा अध्ययन सुरु गरिएको बताए । उनले बढ्दो कार्वन उत्सर्जनका लागि पनि हरित हाइड्रोजन उत्पादन नै उत्तम विकल्प देखिएको बताए ।

‘विकसित देशहरूले ठूला हवाई बिमान नै हाइड्रोजन इन्धनबाट चलाउन परीक्षण गरिरहेका छन्,’ उनले भने, ‘हामी कहाँ पनि जलविद्युत उत्पादन बढिरहेकाले हरित हाइड्रोजनबाट पेट्रोल, डिजेल र खाना पकाउने ग्यास प्रतिस्थापन गर्न सकिने सम्भावना देखिएकाले केयुले अध्ययन थालेको हो ।’ उनले जलविद्युतगृहले उत्पादन गरेको विद्युतको उपयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा टुक्र्याएर व्यापारिक प्रयोजनका लागि हरित हाइड्रोजन उत्पादन गर्न सकिने बताए ।

उनले विश्वका धेरै देशले हरित हाइड्रोजन इन्धनको विकल्पमा जान नीतिगत निर्णय गरिसकेको बताए । पेट्रोलियम पदार्थको उत्पादन तथा बिक्री वितरण गर्दै आएका साउदी अरेबिया, ओमान लागायत देशहरू समेत सौर्य ऊर्जाको उपयोग गरी हरित हाइड्रोजन उत्पादनको विकल्पमा गइसकेकाले नेपालले पनि अब नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

निगमका निर्देशक विरेन्द्र गोइतले पेट्रोलियम आयात प्रतिस्थापन गर्ने विकल्पकारूपमा हरित हाइड्रोजनको अध्ययन अनुसन्धान सुरु हुनु सकारात्मक भएको बताए । उनले केयुले अहिले गरिरहेको अध्ययनको नतिजा जे आए पनि यसको सुरुवात हुनु नै ठूलो कुरा भएको बताए । हरित हाइड्रोजन उत्पादनको बहस चलिरहँदा यसको भण्डारण कसरी गर्ने भन्नेबारेमा पनि अध्ययन अनुसन्धान हुनुपर्ने उनले बताए ।

कानुनविद नारायण चौलागाईंले केयुले हरित हाइड्रोजन उत्पादनका सम्बन्धमा अध्ययन अनुसन्धान गरिरहेको भए पनि सरकारले यसको नीति बनाइनसकेको बताए । उनले हरित हाइड्रोजन उत्पादन गरी इन्धनकोरूपमा बिक्री वितरण गर्न नीति, रणनीति र कानुनको व्यवस्था आवश्यक पर्ने बताए ।

केयुले हरित हाइड्रोजन उत्पादन प्रविधि र इन्धनकोरूपमा प्रयोग गरेर पेट्रोलियम आयात प्रतिस्थापन गर्न सकिने सम्भावनाबारे विभिन्न सञ्चार माध्यममा कार्यरत ४० बढी सञ्चारकर्मीलाई एक दिने प्रशिक्षण दिएको थियो । केयु र निगमको सहकार्यमा नवीकरणीय ऊर्जाको उपयोग गरी हरित हाइड्रोजन इन्धन उत्पादन, भण्डारण तथा वितरण सम्बन्धी अध्ययन अनुसन्धान भइरहेको छ । अध्ययन अनुसन्धान अघि बढाउन केयु र निगमबीच २०७७ पुस २४ मा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit