विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) मुख्य लगानी गरेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको काम आगामी ३ वर्षभित्र सम्पन्न गरिने भएको छ । तनहुँ हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको काम २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको प्याकेज-२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले बताए । अहिले एउटा सुरुङ खन्ने काम भइरहेको छ ।

१३८३.८२ मिटरको प्रवेश सुरुङ, २७० मिटरको मुख्य प्रवेश सुरुङ, ३५६ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–१, १०२.७ मिटर अडिट सुरुङ–२, ११८ मिटर अडिट सुरुङ–३ र ४३७.१२ मिटरको सर्जट्याङ्कतर्फको सुरुङ खन्ने काम सकिएको छ ।

१४५६ मिटरको हेडरेसमध्य ८७३.८ मिटर सुरुङ खन्ने काम सकिएको छ । २२०.५४ मिटरको पेनस्टक सुरुङ, ३८.२० मिटरको मुख्य सुरुङको पेनस्टक तल्लो भाग, ६७ मिटर पेनस्टक साफ्ट सुरुङको पनि काम सकिएको छ ।

सोही प्याकेज अन्तर्गतको विद्युतगृह, टेलरेस, केबल सुरुङ, ड्राफ्ट ट्युब सुरुङको काम भइरहेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत नै हाइड्रो मेकानिकल कार्यको ठाडो सुरुङमा पेनस्टक पाइप जडान काम भइरहेको छ । हालसम्म २४.६ मिटर जडान गरिएको शिल्पकारले बताए ।

प्याकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ र हाइड्रो मेकालिन तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्य गरिरहेको छ ।

यो प्याकेजको निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ असोज १५ गते १ अर्ब १४ करोड १ लाख ८८ हजार ९ सय ५८ डलर अर्थात ३ अर्ब ८३ करोड १३ लाख ६० हजार ३ सय ६१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ५५ वटा टावरको जग हाल्ने कार्य सकिएको छ । ३३ वटा टावर जडान कार्य भएको छ करिब १ किलोमिटर तार तान्ने काम सम्पन्न भएको छ । ९ वटा टावरको जग संरक्षण सम्पन्न भएको, एक स्थानमा टावर जडान, एक स्थानमा संरक्षण कार्य र ७ स्थानमा जग हाल्ने कार्य भइरहेको उनले बताए ।

दमौली भरतपुर २२० केभी प्रसारण लाइन अन्तर्गत चितवनमा टावर प्याड निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि मुआब्जा रकम वितरण सुरु भएको जनाइएको छ ।

आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

आयोजनाको थप विवरण

आयोजना : तनहुँ जलविद्युत आयोजना 

क्षमता : १४० मेगावाट

कम्पनी : तनहुँ हाइड्रो पावर कम्पनी लिमिटेड

प्रसारण लाइन : २२० केभी, डबल सर्किट

लम्बाई : ३६ किलोमिटर

प्याकेज-१ को ठेक्का : सोङ्ग दा कर्पोरेसन, भियतनाम कालिका कन्स्ट्रकसन प्रालि, नेपाल जेभी

प्याकेज-२ को ठेक्का : सिनो हाइड्रो कर्पोरेसन, चीन

प्याकेज ३ को ठेक्का : केइसी इन्टरनेशनल, भारत

कुल लागत : (प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर

उत्पादन तालिका : २०८३ जेठ

वार्षिक ऊर्जा  : ५८७.७ गिगावाट घन्टा

हेडरेस टनेल : १४६९.६ मिटर

पेनस्टेक : १६० मिटर

टेलरेस टनेल : २१३ मिटर

उत्पादन अनुमति : २०७३ जेठ ३ गते

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit