विद्युत अपडेट

  • प्राधिकरण : ८१०६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४८५३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४१६५२ मे.वा.घन्टा
  • आयात : ६८ मे.वा.घन्टा
  • निर्यात : १८५३३ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४७७९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९२२ मे.वा.
२०८३ साउन ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ । देशका विभिन्न भागमा रहेका ग्राहकको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको जनाएको छ । 

उक्त योजना अनुसार बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सुरु गरेको छ, जसमा कोशी, मिथिला (मधेश), बागमती, फेवा (गण्डकी), बुद्ध भूमि (लुम्बिनी), रारा (कर्णाली) र खप्तड (सुदूरपश्चिम) बचत खाता रहेका छन् ।

बैंकका अनुसार डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका छन् । ग्राहकले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, र निःशुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट र मेरोसेयर खाता दर्ताका साथै अन्य सुविधाहरू प्राप्त गर्नेछन् ।

यस बचत खातामार्फत बैंकले देशका सबै भागमा सजिलो, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्‍याउने लक्ष्य राखेको छ । बैंकले हाल देशभर १९८ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दैँ आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३