विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । म्याग्दीकाे रघुगंगा गाउँपालिकास्थित कुइनेमंगलेमा निर्माण भइरहेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ । सयुंक्त ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । 

निर्माणाधीन आयोजनाबाट आगामी असारभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका निर्देशक सुवासचन्द्र बरालले बताए । उनका अनुसार आयोजनाको सबै क्षेत्रको काम तीव्र गतिमा भइरहेको छ र आगामी ६ महिनाभित्र आयोजनाबाट उत्पादन परीक्षण सुरु हुनेछ ।

‘आयोजनाको बाँधतर्फको काम करिब ८० प्रतिशत पूरा भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘विद्युतगृहको काम पनि धमाधम भइरहेको छ, आगामी ४ महिनाभित्र यसतर्फको काम पनि पूरा गर्नेछौँ ।’ उनका अनुसार आयोजनाको ६०० मिटर पेनस्टक पाइप निर्माणको काम पनि भइरहेको निर्देशक बरालले जनाकारी दिए । यसका साथै, डिस्यान्डर, सर्फेस टनेल, सिभिल संरचना निर्माणको भूमिगत कार्य, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल र प्रसारण लाइन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । 

अहिले, इलेक्ट्रो मेकानिकल म्यानुफ्याक्चरिङको काम सम्पन्न भएको छ, आगामी २ महिनाभित्र इलेक्ट्रो मेकानिकल जडानको काम पनि पूरा गर्ने लक्ष्यका साथ काम अघि बढाएको कम्पनीले जनाएको छ । नेपाली इन्जिनियरहरूले नै लगानी गरेर अघि बढाएको आयोजनाको सबै काम आगामी ६ महिनभित्र सम्पन्न गरी उत्पादन परीक्षण सुरु गर्ने निर्देशक बरालले जानकारी दिए । आयोजनाबाट उत्पादन हुने विद्युत् २३ किलोमिटर दूरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तिप्ले राहुघाट सबस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गर्नेछ । आयोजनाको लागि आवश्यक प्रसारण लाइनको जग्गा प्राप्तिको काम पूरा भइसकेको छ, साथै, लाइनको अन्य काम पनि भइरहेको छ । आयोजना सम्पन्न गर्न ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त आयोजनामा लगानी गर्न कम्पनी र बैंकहरुबीच २०७७ चैत ४ गते लगानी सम्झौता भएको थियो । हाल आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋण लगानी छ । आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइमा सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंकले लगानी गरेका छन् ।

निर्माण क्षमता २१.३ मेगावाट रहे पनि नेपाल विद्युत् प्राधिकरणसँग २०.८ मेगावाटको मात्र विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । २०७५ जेठ १७ गते पिपिए भएको आयोजनाले २०७६ चैत १२ गते उत्पादन अनुमतिपत्र पाएको थियो । पिपिए अनुसार २०८० साउन १६ गते आयोजनाका लागि विद्युत् उत्पादन गर्नुपर्ने समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit