विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौं स्थित लैनचौरको बैङ्क्वेट्स शुक्रबार (बैशाख ९ गते) सभा सम्पन्न भएको हो । 

आइएमईले निर्जीवन बीमा बजारमा नयाँनयाँ सेवा र छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आएको आइएमई सञ्चालक समितिका अध्यक्ष हेमराजा ढकालले बताए । उनका अनुसार विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेका हो । 

‘सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको थियो’, उनले भने, ‘बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा छ ।’ 

सभामा ढकालले अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको र रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको बताए ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७÷०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । कम्पनीले पानीपोखरीको मुल सडकमा जाडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको छ । चालु आर्थिक वर्षमा उक्त जग्गामा कार्यलयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भवन निर्माण गर्न नक्सा तयार गरी निर्माण कार्य अगाडि बढाइएको पनि ढकालले जानकारी दिए ।

कम्पनीले व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पूंजी २.५० अर्ब पुर्याउन समयसीमा तोकेको बताउँदै ढकालले चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने र सेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने जानकारी दिए । 

लगानीकर्ता, नियमानकारी निकायहरु र कर्मचारी टिमको सहयोगले बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भएको कम्पनीका पमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए । उनका अनुसार बीमा बजारलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहनेछ ।

कम्पनीले बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पुर्याउने हेतुले ७ वटै प्रदेशबाट ग्राहकलाई बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका अनुसार बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको छ ।

आगामी दिनमा शाखा विस्तार भन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा १ अर्ब ३९ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब ५२ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भई चालु आवको चैत मसान्तसम्ममा कम्पनीले कूल १ अर्ब २८ करोड ६१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit