विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रले करिब १ करोड रुपैयाँ विद्युत महशुल बक्यौता असुली गरेको छ । केन्द्रले लामो समयसम्म विद्युत महशुल नबुझाएका ग्राहकको लाइन काटी बक्यौता असुली गरेको हो ।

चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि मंसिरसम्मको अवधिमा विद्युत महशुल नबुझाउने ७ सय ४८ ग्राहकको लाइन काटेको केन्द्रका लेखा प्रमुख विकास खड्काले बताए । उनका अनुसार लाइन काटिएका ग्राहकबाट १ करोड ५ लाख ९९ हजार १ सय ८८ रुपैयाँ महशुल उठाउन बाँकी थियो ।

लाइन काटिएका ग्राहकमध्ये ६ सय ५३ जनाले जरिवानासहितको १ करोड ६३ हजार ५ सय ८७ रुपैयाँ विद्युत महशुल बक्यौता बुझाएपछि लाइन पुनःजोडिएको छ । बाँकी, ९५ जनाले जरिवानासहितको बक्यौता बुझाएपछि लाइन जोडिनेछ ।

केन्द्रले सबैभन्दा बढी कात्तिक र मंसिरमा ग्राहकको लाइन काटेको छ । कात्तिकमा ३ सय १४ र मंसिरमा २ सय ७३ जना महशुल नबुझाउने ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । केन्द्रले महशुल नबुझाउने ग्राहकको लाइन काटि बक्यौता उठाउने कामलाई तिव्र गतिमा अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit