विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बढी विद्युत् खपत गर्ने विश्वका १० उत्कृष्ट देशहरू मध्ये आइसल्यान्ड पहिलो नम्बरमा परेको छ । सन् २०१८ को एक अध्ययनअनुसार आइसल्यान्डको प्रतिवर्ष प्रतिव्यक्ति ऊर्जा खपत ५१,४६७ युनिट रहेको छ ।

जबकि, नेपालको यो भन्दा २०९०६ प्रतिशतले कम छ । कूल जडित क्षमता करिब १५ सय मेगावाट पुगेको नेपालको हालसम्म प्रतिव्यक्ति ऊर्जा खपत पुगनपुग २४५ युनिट छ । सरकारले यो दरलाई आउने ८ वर्षभित्र १५०० युनिट पुर्याउने अनुमान गरेको छ ।

अध्ययनअनुसार प्रतिव्यक्ति ऊर्जा खपतको दोस्रो नम्बरमा नर्वे पर्छ । शतप्रतिशत विद्युतीकरण गरिएको र अधिकांश विद्युत जलविद्युत्बाट उत्पादन भएको नर्वेमा प्रतिव्यक्ति ऊर्जा खपत २२,७४७ युनिट छ । यस्तै, तेस्रोमा कुवेत, चौथोमा बहराइन, पाँचौंमा कतार, छैटौंमा फिनल्यान्ड, सातौंमा क्यानडा, आठौंमा स्वीडेन, नवौंमा अमेरिका र दशौंमा युएई (संयुक्त अरब इमिरेट्स) छन् ।

कुवेतको प्रतिव्यक्ति ऊर्जा खपत १९८१२ युनिट, बहराइनको १८०९९ युनिट, कतारको १५७५६ युनिट, फिनल्यान्डको १४९५१ युनिट, क्यानडाको १४५५३ युनिट, स्वीडेनको १३२९५ युनिट, अमेरिकाको ११,८५१ र यूएईको ११,६६९ युनिट छ ।

बढी विद्युत् खपत गर्ने पहिलो देश आइसल्यान्डसँग तुलना गर्दा नेपालले उसले भन्दा २५७ गुणा कम खपत गर्ने देखिन्छ । यो भन्दा हाम्रै छिमेकी भारतसँग तुलना गर्दा उसको प्रतिव्यक्ति विद्युत् खपत नेपालको तुलनामा ४ गुणा बढी छ । यस्तै, चीनले नेपालले भन्दा २० गुणा बढी विद्युत् खपत गरिरहेको अध्ययनले देखाएको छ ।

यता चीनसहित दक्षिण एसियाली देशकै तुलना गर्दा चीन सबैभन्दा बढी विद्युत् खपत गर्ने देशमा पर्छ । जसको प्रतिव्यक्ति ऊर्जा खपत ४०१८ युनिट छ । यसैगरी, भुटानको २८५० युनिट, भारतको ८७७ युनिट, श्रीलंकाको ५६१ युनिट, पाकिस्तानको ४४४ युनिट, बंगलादेशको ३३६ युनिट र अपगानिस्तानको १५८ युनिट विद्युत् खपत देखिन्छ ।

तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले २०७५ साल बैशाख २५ गते जारी गरेको श्वेतपत्रमा १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । जसअनुसार ५ हजार मेगावाट निर्यातका लागि उत्पादन गर्ने घोषणा छ । सोही अवधिसम्म प्रतिव्यक्ति ऊर्जा खपत १५०० युनिट पुर्याउने भनिएको छ ।

उक्त श्वेतपत्रमा ३ वर्षमा ३ हजार मेगावाट र ५ वर्षमा ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । ५ वर्षभित्र प्रतिव्यक्ति विद्युत् खपत ७०० युनिट पुर्याउने घोषणा छ । तर, घोषित लक्ष्यअनुसार कुनै पनि काम भइरहेको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit