विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । अहिलेको विद्युत अभावको समस्या नेपालको मात्रै होइन विश्वकै हो । विश्वमै विद्युत अभाव किन भयो भने भारतमा ७० प्रतिशत कोइलामा आधारित विद्युत उत्पादन हुन्छ । भारतको नीति अनुसार उसले अरू देशबाट आयात गर्ने कोइलाबाट उत्पादन हुने विद्युतमात्र नेपालले आयात गर्न पाउँछ वा आयात गरिरहेको छ ।

भारतमा आयातित कोइलाको ठूलो अभाव भयो । अहिले अन्तर्राष्ट्रियरूपमा रुस र युक्रेनबीचको तनावदेखि अन्य धेरै समस्या परेको हुनाले सबै सामग्री र कोइलमा समस्या छ । हिजोको मात्रै ठेक्का (विड) मा करिब ४ लाख ५० हजार मेगावाट घन्टाको माग हुँदा बिक्री भने करिब २ लाख मात्रै हुन सक्यो । कोइलाकै कारण विद्युत बिक्री बढ्न सकेको छैन । त्यो कारणले महँगोमा विड गर्नुपर्ने भयो ।

विद्युत प्राधिकरणले गरिरहेको आयातमा तीन वटा विकल्प थियो । हामीलाई वर्षभरि आयात गर्नुपरेको छैन । करिब ८ महिना नेपाललाई विद्युत आयात गर्नु पर्दैन । ४ देखि ५ महिना आयात गर्नुपर्छ । अर्को दुई वर्ष सुख्खा समयमा विद्युत आयात गर्नुपर्ने हुन सक्छ ।

अहिले सुख्खा समय हो । उत्पादन एकदमै कम हुने तर माग बढ्ने समय हो । हामीले तीन वटा अप्सनबाट विद्युत आयात गरेका थियौं । पहिलो द्विपक्षीय सम्झौता हो, जुन भारतीय सरकारी कम्पनी एनभिभिएनबाट नेपालले १५० मेगावट ढल्केबर प्रसारण लाइनबाट आयात गथ्र्यो । कम्पनीसँग एक वर्षको सम्झौता थियो । जसअनुसार डिसेम्बरदेखि जुनसम्म १५० मेगावट आयात गर्ने ।

हामीले प्रतियुनिट ४.१६ रुपैयाँमा सम्झौता गरेका थियौं । भारतको पावर ट्रेडिङ कम्पनी (पिटिसी) मार्फत टनकपुरबाट प्रतियुनिट ४.१२ रुपैयाँमा आयात गर्ने भनेर सम्झौता गरेका थियौं । तर, एक महिना अगाडि नै भारतले यी बिन्दुबाट निर्यात गर्न नसकिने भन्यो । एक महिना अगाडि नै निर्यात बन्द गर्यो । एनभिभिएनले भने ३०/४० मेगावाट भए पनि निर्यात गरिरह्यो ।

भारु २० रुपैयाँ नै कोड गरे पनि त्यति नै नै तिर्नुपदैन । औसत मूल्य प्रतियुनिट १५ वा १२ रुपैयाँ पनि हुन सक्छ । बिहारले सहयोग गरिरहेको छ । अहिले दिनको समयमा ३ सय मेगावाट भयो भने व्यवस्थापन हुन्छ । प्राधिकरण कूल मागको जम्मा ३० प्रतिशत आयात गरिहेको हो । चालू आर्थिक वर्षको माघसम्म ४ अर्ब रुपैयाँ हाराहारीमा मात्रै आयात छ । यो वर्ष ७ देखि ८ अर्ब रुपैयाँको आयात हुन्छ भन्ने आकलन हो । तर, अहिले मूल्य एकदमै महँगो भएको हुनाले १० अर्ब रुपैयाँको हाराहारीमा पुग्छ होला । गत वर्ष २५ अर्बको आयात थियो ।

हामीले बढीमा ३ महिना मात्रै आयात गर्छाैं । ‘लोडसेडिङ नै हुन्छ’ भन्ने कुरा आएको छ तर हुँदैन । अहिलेकै मूल्य रह्यो भने ३५ दिनको समय आकलन गरेका छौं । ३५ दिनका लागि प्रतियुनिट १६ रुपैयाँ नै तिर्नुपर्यो भने करिब ८ अर्ब रुपैयाँ बढी पर्ने रहेछ । एक दिनमा २२ करोड रुपैयाँ पर्छ । छोटो समय र उद्योगको राहतका लागि भए पनि मँहगो बिजुली किन्न प्राधिकरण लागेको छ ।

निजी क्षेत्रसँग ‘सहयोग गर्नु’ भनेर माग गरेका छौं । छोटो समयका लागि भए पनि महँगोमा विद्युत किनेर उद्योग चलाउने प्राधिकरणको योजना छ । हामी विद्युतमा आत्मनिर्भर हुँदै गएका छौं । गर्मी महिनामा अभाव भए पनि असारपछि भारतलाई बेच्न सक्ने गरी हामी सहज अवस्थामा छौं । उपभोक्ताको आत्मवल बढोस् भन्ने हो । विद्युत खपत बढाउनु हो । सुख्खा समयको अभाव आएको छ ।

संधै यस्तो हुँदैन । जति खपत गर्न सकिन्छ, प्राधिकरण विद्युत दिन तयार छ । नेपालमा विद्युत खपत बढाउनु पर्छ । अहिले अभाव देखेर खपत बढाउने होइन । अहिले उद्योगहरुलाई घरघरमा गएर विद्युत खपत बढाउन अभियान चलाएका छौं । उद्योगले चाहेजति विद्युत दिन प्राधिकरण तयार छ । अहिले केही मूल्य बढेको छ ।

(नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चैत १० गते बिहीबार पत्रकार सम्मेलनमा दिएकाे मन्तव्यकाे सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit