विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रसारण लाइनको समस्या झेलिरहेको २३.५ मेगावाटको सोलुखोला जलविद्युत आयोजनाको साढे ४८ करोड रुपैयाँ आम्दानी गुमेको छ । निर्माण सम्पन्न भई सञ्चालनमा आएको १४ महिनासम्म पनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न नपाउँदा सोलुको प्रवर्द्धक अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानीको ठूलो हिस्सा गुमाएको हो ।

विद्युत प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन तयार नहुँदा २०७७ चैतदेखि सोलुको १७ मेगावाट विद्युत खोलामा बगेर खेर गइरहेको छ । आयोजनाले उत्पादन गर्ने साढे ६ मेगावाट विद्युत मात्रै वैकल्पिकरूपमा ३३ केभी ओखलढुंगा–बुईंपा–सल्लेरी प्रसारण लाइनमा जोडिएको छ ।

पूर्ण क्षमतामा आयोजना सञ्चालन हुँदा कम्पनीले विद्युत बिक्रीबाट वार्षिक ७३ करोड रुपैयाँ आम्दानी गर्ने सामार्थ्य राख्दछ । तर, आयोजना सञ्चालनमा आए यता ३५ करोड ४७ लाख रुपैयाँ मात्रै आम्दानी भएको छ । ठूलो परिमाणमा विद्युत खेर जाँदा मासिक ३ करोड २३ लाख रुपैयाँ बराबरको आम्दानी कम्पनीले गुमाइरहेको छ ।

जडित क्षमताको साढे ६ मेगावाट हाराहारीमा मात्रै प्रणालीमा जोडिएकाले आम्दानीको ठूलो हिस्सा गुमिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिजे श्रेष्ठले बताए । ‘आयोजनाले विद्युत उत्पादन सुरु गरेको १४ महिना भइसक्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइनको थोरै काम बाँकी रहेकाले पूरा भइहाल्ला भन्ने लागेको थियो । तर, अहिलेसम्म सकिएको छैन । यसको प्रत्यक्ष मारमा हामी परेका छौं ।’ 

उनले हिउँदको उत्पादन खेर जाने अवस्था नआए पनि बर्खामा धेरै समस्या हुने गरेको बताए । ३३ केभी लाइनले लोड नलिँदा दिनमै दर्जनौं पटक ‘फल्ट’को समस्या आयोजनाले झेलिरहेको छ । 

३३ केभी लाइनमा साढे ७.५ मेगावाटको मोलुङ खोला पनि जोडिएकाले उक्त आयोजनाले उत्पादनका आधारमा सोलुको उत्पादन निर्भर हुनुपर्ने बाध्यता छ । मोलुङले पूर्ण क्षमतामा विद्युत उत्पादन गरेको अवस्थामा सोलुको उत्पादन स्वतः घट्न जान्छ ।

आयोजनाको उत्पादन क्षमता घट–बढ हुँदा विद्युतगृहका उपकरणमा पनि समस्या आउने गरेको छ । यो समस्या सोलु कोरिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा नआउँदासम्म आयोजनाले झेलिरहनुपर्ने बाध्यता छ । आयोजनाको आम्दानी खुम्चिँदा बैंकको ब्याजको भार थपिँदै गएको कम्पनीले जनाएको छ ।

सोलु सरकारले प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई दिएका ‘सुपर सिक्स’ मध्येको एक हो । प्रसारण लाइन समयमा निर्माण नभई विद्युत खेर गएमा नेपाल विद्युत प्राधिकरणले प्रवर्द्धक कम्पनीलाई कूल आम्दानीको ४५ प्रतिशत अर्जना तिर्नुपर्ने प्रावधान छ । तर, प्रसारण लाइन पूरा नगरे पनि प्राधिकरणले बितेको १४ महिनामा प्रवर्द्धक कम्पनीलाई हर्जना दिएको छैन ।

प्राधिकरणले कोरोना (कोभिड–१९) महामारीको कारण देखाएर हर्जना दिन नसक्ने जवाफ कम्पनीलाई दिइसकेको छ । यता आयोजनाको विद्युत प्रवाह हुने सोलु कोरिडोर प्रसारण लाइनको समस्या अझै हटेको छैन ।

उदयपुर मरुवाका स्थानीयको अवरोधका कारण प्रसारण लाइनको १० वटा टावर निर्माणमा समस्या देखिएको छ । प्रसारण लाइन आयोजना, विद्युत प्राधिकरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रसारण लाइनको अवरोध हटाउने प्रयास गरे पनि सफल हुुन सकेको छैन ।

प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइले सोलु खोलासँगै सोलु बेसिनमा निर्माण अन्तिम चरणमा पुगेका जलविद्युत आयोजनाको पनि विद्युत खेर जाने चिन्ता बढेको छ । सोलु बेसिनमा अहिले ८२ मेगावाटको तल्लो सोलु, ८६ मेगावाटको सोलु दूधकोसी, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit