विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पूर्वी नेपालमा आएको बाढीले निजी क्षेत्रकाे ३० जलविद्युत आयोजनामा ८ अर्ब रुपैयाँ भन्दा बढीको क्षति पुर्याएको छ । असार सुरु भएयता अवीरल वर्षासँगै आएको बाढीपहिरोले ४५३ मेगावाटका आयोजनामा उक्त रकम बराबरको आर्थिक क्षति पुर्याएको हो ।

असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर लगायतका जिल्लामा आएको बाढी पहिरोले निर्माणाधीन र सञ्चालनमा रहेका ३० जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले जनाएको छ ।

सञ्चालनमा रहेका १३२ मेगावाटका आयोजनामा ६ अर्ब क्षति

बाढीले सञ्चालनमा रहेको १३२ मेगावाटका १२ जलविद्युत आयोजनामा क्षति पुर्याउँदा ६ अर्ब रुपैयाँ बढीको आर्थिक क्षति भएको छ । सबैभन्दा ठूलो २५ मेगावाटको काबेली बी–१ जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति पुर्याएको इपानले जनाएको छ । उत्पादनमा रहेका आयोजना मध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजनामा १ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

निर्माणाधीन ३२७ मेगावाटका १७ आयोजनामा साढे २ अर्ब बढीको क्षति

बाढीका कारण पूर्वी नेपालका ४ जिल्लामा निर्माणाधिन १७ जलविद्युत आयोजनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ ।

६ मेगावाटको सुपर हेवा खोला, ४ मेगावाटको पिलुवा खोला, १५.१ मेगावाटको सभा खोला–बी, ४.२ मेगावाटको सभा खोला–सी, ९.७ मेगावाटको इंवा खोला, १३.५ मेगावाटको सुपर काबेली–ए, १२ मेगावाटको सुपर काबेली खोला क्यासकेड, २१.९३ मेगावाटको काबेली–३, ३७.६ मेगावाटको काबेली–ए, ७.५ मेगावाटको हेवा खोला–ए, ९७.५ मेगावाटको इसुवा खोलामा क्षति पुर्याएको छ ।

यसैगरी, ४०.१ मेगावाटको इसुवा क्यासकेड, १४.१ मेगावाटको तल्लो इर्खुवा, १४.५ मेगावाटको माथिल्लो इर्खुवा, ३.५ मेगावाटको फेदी खोला, १०.४ मेगावाटको सभा खोला ए, १५.२ मेगावाटको इर्खुवा ‘बी’ मा क्षति पुर्याएको इपानले जनाएको छ ।

निर्माणाधिन आयोजनामध्ये सबैभन्दा धेरै क्षति सुपर हेवा खोला जलविद्युत आयोजनामा ८० करोड रुपैयाँ बराबरको क्षति भएको छ । उक्त आयोजना निर्माणका खटिएका १८ जना मजदूरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताए । यस्तै, इसुवाखोला जलविद्युत आयोजनामा ५० करोड रुपैयाँ बराबरको क्षति भएको आयोजनाका अध्यक्ष विरेन्द्रबहादुर न्यौपानेले जानकारी दिए । इंवा खोलामा पनि ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३