विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बूढीगण्डकी कोरिडोर प्रसारण लाइन आयाेजनाकाे प्रारम्भिक वातावरणीय परीक्षण  प्रतिवेदन तयार पार्न सार्वजनिक सुनुवाई गर्ने भएको छ । प्राधिकरणले फिलिम-गुम्डा-रातमाटे ४०० केभी डबल सर्किट प्रसारण लाइन र सम्बन्धित सबस्टेसनको बारे सुनुवाई गर्न लागेको हो ।

गण्डकी प्रदेशको गोरखा जिल्लादेखि बागमती प्रदेशको धादिङ जिल्ला हुँदै नुवाकोट जिल्लासम्मकाे लाइनकाे प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्न काम भइरहेकाे छ । लाइन गाेरकाको धार्चे गाउँपालिको वडा नम्बर ३,४,५, सुललिकोट गाउँपालिकाको वडा नम्बर १,२,३,४,७ अजिलरकोट गाउँपालिकाको वडा नम्बर ४ र आरुघाट गाउँपालिाकाको वडा नम्बर ७, ८, १०, बाग्मती प्रदेशको धादिङ जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिाको वडा नम्बर ३,६,७ नीलकण्ठ नगरपालिकाको वडा नम्बर ११,१३,१४,२ र १ तथा नुवाकोट जिल्लाको तोर्केश्वर गाउँपालिकाको वडा नम्बर ३ र ४ बेलकोटगढी नगरपालिकाको वडा नम्बर ७ मा प्रस्तावित रातमाटे सबस्टेसनमा अन्त्य हुनेछ । 

यस प्रस्तावित बुढीगण्डकी कोरिडोको ४०० केभी प्रसारण लाइन तथा सम्बन्धीत सबस्टेसन आयोजनाको विद्युत मार्गको अधिकार क्षेत्र दायाँ  र बायाँ गरी ४६ मिटर हुनेछ ।

उक्त आयोजनाको वातावरणीय परीक्षण सार्वजानिक सुनुवाई २०७९ चैत २२ गते तारकेश्वर गाउँपालिाका वडा नम्बर ३ कार्यलय भवनमा र २५ गते भीमोदय उच्च माध्यमिक विद्यालयाको खेल मैदानमा र २८ गते अजिरकोट गाउँपालिका वडा नम्बर ४ कार्यलय भवनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit