विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाकाे विद्युत आगामी भदौभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । रसुवामा सान्जेन जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको विद्युत प्रणालीमा थपिन लागेको हो ।

आयोजनाको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको कम्पनीका लेखा अधिकृत अच्युत घिमिरेले बताए । उनका अनुसार सिभिल संरचनाको काम ९९ प्रतिशत सकिएको छ ।

अहिले आयोजनाको हाइड्रोमेकानिकल उपकरण जडानको काम भइरहेको छ । यसको काम अन्तिम चरणमा पुगेको छ । इलेक्ट्रो मेकानिकल उपकरण जडानको काम पनि तिव्र गतिमा भइरहेको छ । 

‘आयोजनाको  बाँकी काम आगामी साढे २ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ’, उनले भने, ‘सबै काम पूरा गरेर भदौभित्र उत्पादन सुरु गर्ने उदेश्यका साथ काम भइरहेको छ ।’

आयोजना पूरा भएपछि उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिरणको चिलिमे हब सबस्टेसनमा जोडिनेछ । सबस्टेनसम्मको आवश्यक प्रसारण लाइन निर्माणकाे काम भइरहेको छ ।

२०६९ मंसिर १० गते ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले गर्दा चिनियाँ भन्सार नाकाबाट उपकरण आयातमा अवरोध भई आयात हुन ढिला हुँदा उत्पादन ढिला सुरु हुन ढिला भएको हो ।

यही कम्पनीले ४२.५ मेगावाटको माथिल्लो सान्जेनको क्यासकेड सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको पनि ८५ प्रतिशत काम सम्पन्न भएको छ । यो आयोजनाबाट पनि आगामी एकवर्षभित्र उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ ।

दुबै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरू चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्ष काम प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit