विद्युत अपडेट

  • प्राधिकरण : ८५६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८१२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४३३२४ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : १८९०१ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६००१४ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २८१० मे.वा.
२०८३ मङ्सिर २, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकाेसी पावर कम्पनी प्रा.लि उत्कृष्ट करदाताका रुपमा सम्मानित भएको छ । सरकारद्वारा कर योगदानका लागि सम्मानित गरिएका १९ व्यक्ति तथा संस्थाहरूमध्ये, भोटेकाेसी पावर कम्पनी प्रालि ऊर्जा उद्योग विधामा सबैभन्दा बढी कर तिर्ने संस्थाका रूपमा पहिचान भएको हो ।

आन्तरिक राजस्व विभागले ’राष्ट्रिय कर दिवस’ को अवसरमा मंगलबार एक विशेष कार्यक्रम आयोजना गरी आर्थिक वर्ष २०२४÷२५ का लागि उत्कृष्ट करदाताहरूलाई सम्मान गरेको थियो । उक्त अवसरमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सम्मानित हुनेहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।

सम्मानित हुनेहरूमा प्रमुख व्यावसायिक समूह, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योग, पर्यटन व्यवसाय र व्यक्तिगत करदाता लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरू समावेश छन् ।

भोटेकाेसी पावर कम्पनीले सिन्धुपाल्चोक जिल्लामा अवस्थित ४५ मेगावाट क्षमताको ’माथिल्लो भोटेकाेसी जलविद्युत आयोजना’ सञ्चालन गर्दै आएको छ । सन् २००१ को जनवरीदेखि व्यावसायिक सञ्चालनमा आएको यो आयोजनाले २५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइनको प्रयोगद्धारा नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत आपूर्ति गर्दै आएको छ ।

भोटेकाेसी पावर कम्पनीमा नेपाली कम्पनीहरूको ९५ प्रतिशत स्वामित्व छ भने बाँकी ५ प्रतिशत स्वामित्व अमेरिकास्थित एक कम्पनीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३