विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास यही असारभित्रै गर्ने तयारी भइरहेको बताएका छन् । धादिङ र गोरखा जिल्लाको सिमानाको बुढीगण्डकी नदीमा निर्माण हुन लागेको आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेकोले शिलान्यास गर्ने तयारी भइरहेको बताएका हुन् ।

धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन समुद्घाटनका क्रममा दाहालले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए । आयोजनाको निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त गर्दै दाहालले भने, ‘हिजो मात्रै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई एक साताभित्र आयोजनाको कार्यालय स्थापना तथा शिलान्यासको व्यवस्था मिलाउन निर्देशन दिएको छु ।’

भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताए ।

लामो समयदेखि चर्चामा रहेको आयोजना निर्माण तथा विद्युत उत्पादन गरी बिक्री वितरण गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७९ साउन १७ गते कम्पनी रजिष्ट्रार कार्यालयमा बुढीगण्डकी जलविद्युत पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ ।

आयोजना निर्माण पूरा गर्न २ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कम्पनीको सिँचाइका लागि पानी उपलब्ध गराउने, मत्स्य पालनलगायत आर्य आर्जनका अन्य कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास गरी पर्यटन व्यवसायबाट अर्थतन्त्र विकास गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit