विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बागमती प्रदेश अन्तर्गत रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका स्थित नेपाल–चीन सिमाना नजिक रहेको मिनार्खु गाउँदेखि नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा प्रस्तावित ४००/२०० केभी राटमाटे सबस्टेससम्मको प्रसारण लाइनको वातावरणीय प्रभाव मुल्याङ्कन क्षेत्र निर्धारण गर्न राय/सुझाव माग गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजनाको क्षेत्रधिकार निर्धारण गर्न सरोकारवालासँग राय/सुझाव माग गरिएको हो । स्थानीय सरोकारवालासँग आयोजना निर्माण गर्दा पर्न सक्ने भौतिक, जैविक, सामाजिक तथा सांस्कृतिक वातावरणीय प्रभावका सम्बन्धमा राय/सुझाव मागिएको छ ।

प्रभावितले आगामी ७ दिनभित्र आइपुग्ने गरी आफ्नो राय/सुझाव प्राधिकरणको कार्यलय वा परामर्शदाता कम्पनी एनइए इन्जिनियरीङ कम्पनी लिमिटेडको कार्यालयमा पठाउनुपर्नेछ ।

७० किलोमिटर लामो ४०० केभी रातमाटे–रसुवागढी–केरुङ प्रसारण लाइन नेपाल र चीनबीचको अन्तरदेशिय प्रसारण लाइन हो । यो लाइन पूरा भएपछि ५००० मेगावाट विद्युत प्रवाह हुने प्राधिकरणले जनाएकाे छ ।

प्रस्तावित लाइनलाई एक बिन्दुबाट अर्को बिन्दुमा लैजान जम्मा २०८ वटा टावर निर्माण गरिनेछ । एपी–० देखि एपी–११ सम्म करिब ४.५ किलोमिटर लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ । आयोजनाको क्षेत्र अधिकार जम्मा ४६ मिटर (मध्य विब्दुबाट दायाँ/बाँया गरी २३/२३ मिटर) हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit