विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
सेती खोलामा लगानी जुट्याे, २ बैंकले सवा ३ अर्ब ऋण दिने

काठमाडौं । कास्कीमा निर्माण हुने २२ मेगावाटको सेती खोला जजलविद्युत आयोजनामा २ बैंकले ३ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएका छन् । आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।

बैंक र आयोजनाको प्रवर्द्धक सेती खोला हाइड्रो पावर कम्पनीबीच आइतबार वित्तीय सम्झौता भएको छ । सम्झौताअनुसार अगुवाई गरेको कुमारीले २ अर्ब र इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्नेछ ।

कुमारीकोतर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, इन्फ्रास्ट्रक्चरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे तथा कम्पनीकोतर्फबाट अनुप आचार्यको उपस्थितीमा सम्झौता भएको हो ।आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ । तिहारपछिबाट आयोजनाको संरचना निर्माणकाे काम सुरु हुँदैछ ।

७.६ मेगावाटको जोगमाई जलविद्युत आयोजनाको सफल निर्माण गरिसकेको समूहले सेती खोला निर्माण गर्न लागेको हो । आयोजनामा लगानी गर्ने प्रतिवद्धता जनाएको कुमारीले ४९ वटा विभिन्न आयोजनामा २२ अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको छ । इन्फ्रास्ट्रक्चरले पनि छोटो समयमा विभिन्न ७ आयोजनामा ८ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit