images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी ढल्केबर–बालगंगा डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले मधेश प्रदेशको धुनषा जिल्लामा लाइन निर्माण गर्न लागेको हो ।

बटेश्वर गाउँपालिकामा निर्माणाधीन ढल्कबर–लोहरपट्टीको १३ नम्बर ए.पी देखि लुपइनलुपआउटमार्फत लक्ष्मीनियाँ, औरही गाउँपालिका, मिथिलाबिहारी नगरपालिका हुँदै हंसपुर नगरपालिकामा निर्माणाधीन बालगंगा सबस्टेसनसम्म डबल सर्किट लाइन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार करिब २३ किलोमिटर लामो लाइन निर्माण अनुमतिका लागि विद्युत विकासमा आवेदन दिइएको छ ।

विभागले लाइन निर्माण गर्न प्राधिकरणको नाममा अनुमतिपत्र दिने प्रकृया अन्तिम चरणमा पुर्याएको छ । विभागले विद्युत ऐन २०४९ को दफा ४ को व्यवस्था अनुसार विद्युत नियमावली २०५० को नियम १५ बमोजिक प्राधिकरणलाई अनुमतिपत्र दिन लागेको हो ।

प्राधिकरणलाई अनुमतिपत्र दिन विभागले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । विभागले अनुमतिपत्र दिनुअघि लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागिएको छ । विभाग तथा प्राधिकरणको कार्यलयमा आइपुग्ने गरी सरोकारवालाबाट राय/सुझाव मागिएको छ ।

२३० मेगावाट विद्युत प्रसारण क्षमता भएको लाइनमा २६ वटा एंगल र ६५ वटा सस्पेन्सन गरी जममा ९१ वटा टावर निर्माण हुनेछन् । एक टावरदेखि अर्को टावरसम्मको दुरी न्युनतम १६५ मिटर र अधिकतम ३५० मिटर हुनेछ ।

लाइन तथा सबस्टेसन निर्माण गर्न स्थायी तथा अस्थायी रुमा करिब ४७.७६४ हेक्टर जग्गा आवश्यक पर्नेछ । आयोजनाको सबै काम २ वर्षभित्र पुरा गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit