विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ८.५ मेगावाटको माथिल्लो हेवा खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । संखुवासभामा निर्माण सम्पन्न आयोजनाको विद्युत आइतबार (हिजो) देखि प्रणालीमा थपिएको हो ।

आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवद्र्धक अप्पर हेवा खोला हाइड्रो पावर कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्काले बताए । उनका अनुसार आयोजनाबाट उत्पादन भएको विद्युत कोशी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिएको छ ।

‘आयोजनाको निर्माण सम्पन्न गरी आइतबारदेखि एक मेगावाट विद्युत ३३ केभी लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘अहिले एउटा युनिटको मात्र विद्युत प्रणालीमा जोडिएको छ ।’  अर्को युनिटको विद्युत एक साताभित्र जोडिनेछ ।

आयोजनाले २ सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ । परीक्षणको चरण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने भएको छ ।

आयोजनाको विद्युत बानेश्वर सबस्टेसनमा जोडिएको छ । विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक १०.४ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण सम्पन्न गरेको हो । 

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारी, तथा गत बर्खामा आएको बाढीले संरचनामा क्षति पुर्याएका कारण निर्माण लम्बिँदा केही ढिलो हुन पुगेको हो ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक ४६.२८ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँदको उत्पादन ६.९५ र बर्खाको उत्पादन ३९.३२ गिगावाट घन्टा हुने कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न भई सञ्चालनमा आउँदा १ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा नेपाल बैंक र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ । माथिल्लो हेवामा लगानी गरेको समूहले नै यसअघि साढे ४ मेगावाटको हेवा आयोजना निर्माण सम्पन्न गरी प्रणालीमा जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit