विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । केही दिनदेखि भारतले विद्युत् आयातको अनुमति नवीकरण नगरेको हुँदा लोडसेडिङको समस्या उत्पन्न हुन सक्ने आकलन गरिएकोमा अब यो चिन्ता निवारण भएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय प्रतिस्पर्धी बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) मार्फत ५५४ मेगावाट विद्युत् आयात गर्न पाउने गरी बुधबार राती सम्झाैता नवीकरण गरेपछि अवस्था सहज हुने भएको हो ।

आईएक्सबाट आयात सम्झाैताकाे हालकाे नवीकरण अनुसार ढल्केबर–मुजफ्फरपुर (डिएम) ४०० केभी सीमापार प्रसारण लाइनबाट ५०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी लाइनबाट ५४ मेगावाट विद्युत् आयात गर्ने स्वीकृत प्राप्त भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताए ।

नेपालले भारतकाे उक्त प्रतिस्पर्धी बजारबाट विद्युत् किन्न पाउने गरी २०७८ वैशाखमा सम्झाैता भई अनुमति पाएकाे थियाे । हरेक वर्ष नवीकरण हुनुपर्ने उक्त सम्झाैताकाे म्याद यही ३१ मार्चमा सकिन लागेकाे थियाे । अब अप्रिल १ बाट लागु हुने गरी सम्झाैता नवीकरण भएकाेले भारतीय प्रतिस्पर्धी विद्युत् बजार नेपालका लागि खुला नै रहने भएकाे हाे । यद्यपि, अहिले भने ३ महिनाका लागि मात्र साे बजारबाट विद्युत् ल्याउन पाउने गरी सम्झाैता नवीकरण भएकाे छ । यस हिसाबले हालकाे नवीकरण जुन महिनासम्म कायम रहने छ ।

‘डिएम लाइन अन्तर्गत रियल टाइम मार्केट तथा डे अहेड मार्केट र टनकपुरबाट ३ महिनाका लागि आयातको स्वीकृति प्राप्त भएको छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘त्यसपछि, बर्खा लाग्छ हामीले निर्यात नै गर्नुपर्ने हुन्छ ।’

विद्युत् आयातको स्वीकृति आउन ढिलो भएको विषयमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र उनका भारतीय समकक्षी पंकज अग्रवालबीच टेलिफोन वार्ता भएको थियो । उनले वार्ता सकारात्मक रहेको र छिट्टै स्वीकृति प्राप्त हुने बताएका थिए । गत वर्ष पनि भारतले अन्तिम समयमा नै विद्युत् आयातको अनुमति नवीकरण गरेको थियो ।

अनुमति नवीकरण भए पनि नेपालमा उच्च माग (पिक आवर) मा भने आयात गर्न नपाइने भएको छ । स्वीकृति त प्राप्त भए पनि आंशिक जस्तो अर्थात् ‘सोलार आवर’मा मात्र किन्न पाइने नेपाल विद्युत् प्राधिकरण योजना अनुगमन तथा सूचना प्राविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले बताए । ‘हुन त, हामीसँग आंशिक जलाशय (पिकिङ आयोजना) छन्, तिनलाई दिउँसो बन्द गरेर बिहानी बेलुका चलाउन सकिन्छ,’ उनले भने, ‘अप्रिल महिनापछि नदी खोलामा पानी बढ्न थाल्छ, समस्या हुँदैन ।’

हालसम्म सुख्खायाममा प्राधिकरणले भारतकाे नियमित र प्रतिस्पर्धी बजारबाट गरी झण्डै ७ सय मेगावाटसम्मकाे उच्च आयात गर्दै आएकाे थियाे । हाल प्रतिस्पर्धी बजारबाट विद्युत् ल्याउँदासमेत औद्याेगिक लाेडसेडिङ जारी राखेकाे प्राधिकरणले उक्त बजारकाे विद्युत् ल्याउन नपाए गार्हस्थ वर्गका ग्राहकलाई समेत लाेडसेडिङ गर्ने सक्ने चिन्ता बढेकाे थियाे । अब त्याे चिन्ता केही हदसम्म हटेकाे छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit