विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशका विभिन्न स्थानमा पहिचान भएका १५ जलविद्युत आयोजनाले अध्ययन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएका छन् । निजी तथा सरकारी क्षेत्रले पहिचान गरेका ६१२.४४१ मेगावाटका आयोजनाले आवेदन दिएको हो ।

विभागका अनुसार ३ मेगावाटदेखि ३०० मेगावाटसम्मका १५ जलविद्युत आयोजनाले आवेदन दिएका छन् । आवेदन दिएका आयोजनामध्ये सबै भन्दा ठुलो ३०० मेगावाटको भेरी–४ स्टोरेज आयोजना रहेको छ । यो आयोजनाको भेरी छेडा हाइड्रो पावरले अध्ययन अनुमतिका लागि आवेदन दिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, अन्नपूर्ण इनर्जी कम्पनीले आवेदन दिएको ९५.१४१ गिदी स्टोरेज आयोजना मेगावाटको रहेको छ । यी आयोजनाले अध्ययन अनुमतिका लागि २०७९ असार २१ गते आवेदन दिएको थियो ।

६० मेगावाटको अप्पर सानी भेरी आयोजनाले पनि अध्ययन अनुमतिका लागि विभागमा आवेदन दिएको छ । यो आयोजनाको पेल्मा हाइड्रो पावार आयोजनाले अध्ययन अनुमतिका लागि २०७८ फागुन २ गते आवेदन दिएको हो । यही कम्पनीले ४० मेगावाटको पेल्मा खोला, ९.५ मेगावाटको पेल्मा खोला हाइड्रो पावर आयोजनाले अध्ययन अनुमतिका लागि आवेदन दिएको छ । 

यस्तै, २२ मेगावाटको लुङ्ग्री खोला, १८ मेगावाटको घाटगंगा खोला, ९.८ मेगावाटको लुजा खोला, ४.९ मेगावाटको पेल्मा खाला, ८ मेगावाटको तल्लो इंग्वा खोला, २३ मेगावाटको तल्लो बदीगड, ३.५ मेगावाटको फेदी खोला, ४.८ मेगावाटको तल्लो उत्तरगंगा, ८ मेगावाटको त्रिशुली खोला सानो र ५ मेगावाटको जिली चुम्ली खोला आयोजनाले अध्ययन अनुमतिका लागि विभागमा आवेदन दिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit