विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ६.६ मेगावाटको साप्सुप खोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । खोटाङको हलेसी तुवाचुङ–११ मा निर्माण सम्पन्न आयोजनाको विद्युत शनिबारदेखि प्रणालीमा जोडिएको हो ।

आयोजनाबाट परिक्षण उत्पादन सुरु भएको थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार खरेलले बताए । उनका अनुसार आयोजनाले उत्पादन गरेको विद्युत २.५ किलोमिटर दुरीमा सबस्टेसन निर्माण गरी लुपइन–लुपआउट मार्फत जोडिएको छ । प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाइनको पुराना गाउँमा सबस्टेसन निर्माण गरी उत्पादीत विद्युत ग्रिडमा जोडिएको हो ।

‘आयोजनाले २ साता परिक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिनेछ,’ उनले ऊर्जाखबरसँग भने, ‘परिक्षणको चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गर्नेछ ।’

आयोजना निर्माण सुरु भएको २ वर्षभित्र उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आगामी ३० गतेदेखि उत्पादन सुरु गर्नुपर्ने थियो, तर अघि नै विद्युत प्रणालीमा जोडिएको खरेलले बताए ।

आयोजना पूरा गर्न १ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ । आयोजनामा हिमालयन बैंकको अगुवाईमा राष्ट्रिय बाणिज्य बैंकले ६५ प्रतिशत ऋण लगानी गरेका छ । बाँकी ३५ प्रतिशत स्वपूजी लगानी छ ।

कम्पनीले चाँडै आयोजना प्रभावित र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने तयारी समेत थालेको छ । पहिलो चरणमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासीका लागि जारी हुनेछ । दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit