विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन २२० केभी हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्ड आगामी असारदेखि सञ्चालनमा आउने भएकाे छ । निर्माण अन्तिम चरणमा पुगेकाे प्रसारण लाइन अबकाे साढे ३ महिनाभित्र सञ्चालनमा आउन लागेकाे हाे ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेकाे याे खण्ड  ९० प्रतिशत पूरा भइसकेकाे आयोजना प्रमुख नरेश कुमार खड्काले बताए । ‘चीतवनकाे भरतपुरदेखि नवलपरासीकाे बर्दघाटसम्म पर्ने ७४ किलोमिटर लामाे यस खण्डमा २ सय ४६ वटा टावर निर्माण हुँदैछन् । जसमध्ये  २ सय ४४ वटा टावरकाे जग (फाउन्डेसन) तयार भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘२ सय ३५ वटा टावर खडा भइसकेका छन् ।’

उनले अब प्रसारण लाइनकाे ९ वटा टावर खडा गर्न बाँकी रहेकाे बताए । अहिलेसम्ममा योे खण्डमा ३३ किलोमिटर तार तान्ने काम पनि सकिएकाे उनले जानकारी दिए। बाँकी ३१ मिटर तार तान्ने काम असारभित्र पूरा अबकाे ३ महिनामा पूरा गरेर प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी छ ।

प्रसारण लाइनकाे याे खण्ड यसअघि नै सञ्चालनमा आइसक्नु पर्ने भए पनि कोरोना (कोभिड–१९) महामारीकाे असरले काम प्रभावित हुँदा धकेलिएकाे उनले बताए । 

यस्तै, प्रसारण लाइनको हेटौंडा–भरतपुर खण्डमा निर्माण हुने २ सय २६ टावरमध्ये १ सय ८३ वटाको फाउन्डेसन सकिएकाे छ । १ सय १९ वटा टावर खडा गरिएको छ । ५ ठाउँमा भने काम भइरहेको छ । १०.५ किलोमिटर तार तान्ने काम सम्पन्न भएको पनि उनले बताए ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट गरी २ खण्डमा निर्माण भइरहेको प्रसारण लाइनको काम सन्तोषजनक नभएको भन्दै प्राधिकरणले भारतीय र चिनियाँ ठेकेदारसँगको सम्झौता तोडेको थियो । सम्झौता तोडिएपछि लामो समय प्रसारण लाइनको निर्माण रोकिन पुगेको थियो ।

हेटौंडा–भरतपुर खण्डको ठेक्का भारतीय कम्पनी आइकम टेल र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ सेन्टरल पावर ग्रिड (सिसिपिजी) ठेकेदारसँगको ठेक्का तोडिएको थियो । अहिले पनि हेटौंडा–भरतपुर खण्डमा भारतीय र भरतपुर–बर्दघाट खण्डमा चिनियाँ कम्पनीले ठेक्का पाएका छन् ।

पहिलो पटक २०६५ सालमा ठेक्का सम्झौता गरेर २०६६ सालमा प्रसारण लाइनको काम सुरु गरिएको थियो । ठेक्का सम्झौताअनुसार २०६९ मा प्रसारण लाइन सम्पन्न गर्ने तालिका थियो ।

प्रसारण प्रणाली दिगो र गुणस्तरीय बनाउन यो प्रसारण लाइन निर्माण भइरहेको हो । प्रसारण लाइन निर्माण गर्न विश्व बैंकले ऋण लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit