विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षभित्र जलविद्युत् तथा अन्य पूर्वाधार आयोजना निर्माण गर्दा खोलामा ५० प्रतिशतसम्म पानीको बहाब छोड्नुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले जारी गरेको सर्कुलरमा यस्तो व्यवस्था गरिएको हो ।

निकुञ्ज वा आरक्षभित्र निर्माण हुने १ देखि २५० मेगावाटसम्मका जलविद्युत् आयोजनाका लागि खोलामा छोडिने पानीको परिमाण फरक–फरक किटान गरिएको छ । मन्त्रालयले गत जेठ ३ गते यस्तो सर्कुलर जारी गरेको छ ।

जसअनुसार १ मेगावाट वा सोभन्दा साना आयोजनाले ५० प्रतिशत, १ देखि १० मेगावाटसम्मका आयोजनाले ३५ प्रतिशत, १० देखि २५ मेगावाटसम्मका आयोजनाले ३० प्रतिशत, २५ देखि १०० मेगावाटसम्मका आयोजनाले २० प्रतिशत र १०० देखि २५० मेगावाटसम्मका आयोजनाले खोला तथा नदीमा १० प्रतिशत पानी अनिवार्य छोड्नुपर्नेछ ।

यसअघि निकुञ्ज तथा आरक्षभित्र सबै खालका वा क्षमताका आयोजना निर्माण गर्दा ५० प्रतिशत प्राकृतिकरूपमा पानीको बहाब कायम गर्नुपर्ने व्यवस्था थियो ।

संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन सम्बन्धी कार्यनीति २०६५ को कार्यनीतिको बुँदा ५ मा यस्तो व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ । कार्यनीति संशोधन गरी उल्लेखित व्यवस्था गरिएको जनाइएको छ ।

अन्य विकल्प उपलब्ध भएसम्म निकुञ्ज वा आरक्षभित्र जलविद्युत् वा अन्य संरचना निर्माण गर्न नपाइने मन्त्रालयले उल्लेख गरेको छ । राष्ट्रिय आवश्यकताका लागि विद्युत् उत्पादन गर्न आवश्यक संरचना निर्माण गर्दा मासिकरूपमा उल्लेखित परिमाणमा पानीको प्रवाह कायम गर्नुपर्ने निर्देश गरिएको छ ।

निकुञ्ज वा वन्यजन्तु आरक्षभित्र जलविद्युत् वा केवलकार जस्ता पूर्वाधार संरचना निर्माण गर्दा वन तथा वातावरण मन्त्रालयको स्वीकृतिपछि मात्र अन्य सम्बन्धित निकायले अनुमतिपत्र जारी गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रवर्द्धकले निकुञ्जभित्र पर्ने आयोजनाको अनुमतिपत्र लिनुभन्दा अगाडि वन मन्त्रालयको स्वीकृति लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit