विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना आज (बैशाख २९ गते, बुधबार) बाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । माउन्टेन इनर्जी नेपाल कम्पनीले निर्माण गरेको आयोजना अपरान्हबाट प्रणालीमा जोडिन लागेको हो ।

परीक्षण उत्पादन सुरु गरेर प्रणालीमा जोड्ने तयारी पूरा भएको आयोजना प्रमुख दीपककुमार शाहले बताए । ‘हाम्रो तर्फबाट परीक्षण उत्पादन सुरु गर्न सबै तयारी पूरा भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीले भरे ३ बजेभित्र आयोजनाको ४२ मेगावाट विद्युत दाना सबस्टेसनमा जाेड्छ।’

उनले परीक्षण उत्पादन सुरु गर्न प्राधिकरण पोखरा ग्रिड शाखाको प्राविधिक टोली आयोजनास्थलमा आइपुगेको जानकारी दिए । प्राधिकरणको प्राविधिक टोली कोरोना (कोभिड–१९) परीक्षण गरेर मिस्ट्री खोला पुगेको छ ।

परीक्षण उत्पादनको चरण २ साताको हुनेछ । १५ दिनसम्म प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने पनि शाहले बताए । प्रवर्द्धक कम्पनीले निर्माण गरेको विद्युत दाना सबस्टेसनसम्म पुर्याउन १३२ केभी प्रसारण लाइन ३ दिनअघि चार्ज गरिएको थियो ।
यसअघि चैत १५ सम्ममा विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि आयोजनास्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि धकेलिन पुगेको थियो । 

माउन्टेन इनर्जीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ । यो नै स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना पनि हो । आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् । २०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरि दोस्रो बजारमा कारोबार सुरु गरिसकेको छ । मिस्ट्री खोला लागतका हिसाबले आकर्षक आयोजना भएकाले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कम्पनीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

मिस्ट्री खोला सम्बन्धी थप समाचारहरू

निजी क्षेत्रले पाठ सिक्नुपर्ने एउटा आयाेजना, अब ५ दिनभित्र विद्युत् उत्पादनकाे परीक्षण सुरु हुँदै

मिस्ट्री खोलाको ४२ मेगावाट बिजुली एक सातापछि ग्रिडमा जोडिने, आम्दानीकाे ढाेका खुल्दै

निजी क्षेत्रको अहिलेसम्मकै सस्तो आयोजना मिस्ट्री खोलाको शुक्रबारदेखि परीक्षण उत्पादन

मिस्ट्री खोलाको ४२ मेगावाट विद्युत चैत १५ देखि प्रणालीमा जोडिने

प्रतिमेगावाट १३.४३ कराेडमा पूरा भएकाे मिस्ट्री खोलाबाट व्यावसायिक विद्युत् उत्पादनको तयारी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit