विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
बिआइएन ऊर्जा सम्मेलन

काठमाडौँ । भारतमा सम्पन्न दक्षिण एसियाली (बिआइएन) ऊर्जा सम्मेलन, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरूले बताएका छन् । भारतीय उद्योग परिसंघ (सिआइआई) ले नयाँ दिल्लीमा आयोजना गरेको सम्मेलनमा भुटान, भारत र नेपाल (बिआइएन) को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरू र सरकारी अधिकारीहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा नेपालको तर्फबाट सरकारी अधिकारीहरूकाे टोलीकाे नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् विद्युत् विकास विभागका उपमहानिर्देशक नुतनकुमार शर्माले गरेका थिए । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ५ सदस्यीय टोलीले सम्मेलनमा सहभागिता जनाएको थियो । 

सहसचिव शर्माले भारतीय उद्योग परिसंघ र परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनको उद्घाटन सत्रमा आफ्नो धारणा राख्दै दक्षिण एसियाको विद्युत् माग धान्न आवश्यक स्वच्छ ऊर्जा उत्पादनका लागि नेपाल सक्षम रहने बताए ।

त्यसैगरी, 'एक्सेलेरेटिङ इन्भेस्टमेन्ट इन पावर सेक्टर : इन्टरभेन्सन रिक्वायर्ड' विषयक सत्रमा धारणा राख्दै इपानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्रमा तीव्र लगानी बढाउन बिआइएन देशहरूमा नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए । नेपाल सरकारले सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन पुर्‍याउने लक्ष्य लिएर अघि बढेको स्मरण गराउँदै उनले त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले बिटुबी लगानी लिएर नेपाल आउन आग्रह गरे ।

विद्युत् उत्पादन, वितरण, खुला पहुँच र पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक रहेकोले बिआइएन राष्ट्रहरूले दीर्घकालीन र छोटो अवधिमा अन्तरदेशीय विद्युत् व्यापारलाई सहयोग पुर्‍याउने क्षेत्रहरूमा लगानी बढाउने सम्भावित रणनीतिहरूमा जोड दिनुपर्ने उनको भनाइ थियो ।डाँगीले भारत र बंगलादेशमा स्वच्छ ऊर्जाको ठूलो माग रहेको र नेपालमा जलविद्युत् उत्पादनको अपार सम्भावना रहेकोले बिआइएन देशहरूको आपसी सहकार्यबाट भारत र बंगलादेशको स्वच्छ ऊर्जाको माग पूरा गर्न नेपाली ऊर्जा उत्पादकहरू सक्षम रहेको बताए ।

उनले नेपालमा अहिले ४ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुगिसकेको, ५ हजार ५०० मेगावाट क्षमताका आयोजनाहरू निजी क्षेत्रको अगुवाइमा निर्माणाधीन रहेको र अर्को ३ हजार मेगावाटका आयोजना वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने अन्तिम तयारीमा रहेको पनि बताए । त्यसबाहेक निजी क्षेत्रले अर्को २० हजार मेगावाटका आयोजनाकोहरूको अध्ययन गरिरहेको पनि डाँगीले बताएका थिए ।

'स्टार्टेजाइजिङ फर इन्ह्यान्सिङ इनर्जी काेअपरेसन थ्रु क्रस बोर्डर पावर ट्रेड' विषयक छलफल सत्रमा बोल्दै नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक सुभाषकुमार मिश्रले बिआइएन विद्युत् व्यापारमा  केही चुनौतीहरू भए पनि योजना र विशिष्ट रणनीति बनाएर अघि बढे विद्युत् व्यापारलाई तीव्रता दिन सकिने धारणा राखे । यसै सत्रमा इपानका उपाध्यक्ष आशिष गर्गले विगत दुई वर्षमा बिआइएन क्षेत्रमा बिजुलीको माग बढ्दो क्रममा रहेकोले विद्युत् व्यापार बढाउनु आवश्यक रहेको बताए । 

खुला पहुँच र विद्युत् व्यापारलाई प्रवर्द्धन गर्न उत्पादन, वितरण र प्रसारणमा उचित योजना हुनुपर्ने, यसका लागि संरचनात्मक, व्यावसायिक र नियामक पक्षहरूले नीतिगत हस्तक्षेपहरू गरेर वृहत् विद्युत् व्यापार परिदृश्यका लागि तयार हुनुपर्ने गर्गको धारणा थियो ।

'क्रियटिङ अ फ्रेमवर्क टु प्राेमाेट पावर एक्सचेन्ज : च्यालेन्जेज एन्ड अपरच्युनिटिज' सत्रमा बोल्दै इपानका उपाध्यक्ष उत्तम भ्लोन लामाले पहिले विद्युत् व्यापार दीर्घकालीन आधारमा हुने गरेको भए पनि हाल भारतले ल्याएको नयाँ क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका अनुसार डे अहेड मार्केट (डिएएम) मा दैनिक रूपमा पनि अन्तरदेशीय विद्युत् व्यापार सम्भव भएको बताए । नेपालबाट अहिले भारतमा १ हजार मेगावाटभन्दा बढी र बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको तथ्य प्रस्तुत गर्दै बंगलादेशमा निर्यात भइरहेको विद्युत्‌को महसुल स्थिर रहेको र भारतीय बजारमा स्थिर र डेअहेड दुवै तरिकाले विद्युत् आयात/निर्यात भइरहेको समेत उनले जानकारी गराए । 

उनले यस क्षेत्रमा अहिले नेपालको सरकारी तवरबाट मात्रै विद्युत् व्यापार भइरहेको र निजी क्षेत्रले विद्युत् व्यापारका लागि सम्पूर्ण तयारी पूरा गरेर अनुमति पर्खिरहेको धारणा राखेका थिए । अझै पनि, क्रस बोर्डर विद्युत् एक्सचेन्जमा व्यापार प्रारम्भिक चरणमा रहेकोले यस क्षेत्रमा विद्युत् एक्सचेन्जहरूको प्रवेश बढाउन उचित रणनीति बनाउनु आवश्यक रहेको लामाको भनाइ थियो ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजिसिएल) का प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले 'वन सन वन वर्ल्ड वन ग्रिड कनेक्टिभिटी : क्रियटिङ सस्टेनेबिलिटी थ्रु इन्टिग्रेसन' सत्रको प्यानल छलफलमा र इपानका पूर्वकार्यसमिति सदस्य अभिज्ञा मल्लले 'प्राेमाेटिङ हाइड्रोपावर एन्ड पम्प स्टोरेज : प्राेस्पेक्ट एन्ड प्राेग्रेस साे फार' सत्रको प्यानल डिस्कसनमा  र भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३