images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) का लागि तोकिएको अवधिभित्र आवेदन पेश नगर्ने एवम् रितपूर्वक आवश्यक कागजात समावेश नगर्ने १५  वटा जलविद्युत् आयोजनालाई विद्युत् खरिद सम्झौता (पिपिए)को रोलक्रमबाट हटाएको छ । प्राधिकरणले गत १२ गतेको निर्णय अुनसार पिपिएको रोलक्रमबाट हटाएको हो ।

प्राधिकरणले तोकिएको अवधिभित्र आवेदन नदिने र आवेदन दिनेहरूमा पनि आवश्यक कागजातहरू संलग्न नगर्ने २१५.२२९ मेगावाटका आयोजनालाई पिपिएको रोलक्रमबाट हटाएको छ । प्राधिकरणले प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) भइसकेका आयोजनाका प्रवर्द्धकहरू तोकिएको अवधिभित्र पिपिए गर्न नआएपछि रोलक्रमबाट हटाइएको जानकारी दिएकाे छ ।

प्राधिकरणको सञ्चालक समितिले २०७९ माघ २६ गते गरेको निर्णयको आधारमा पीपीए खुलाएको थियो । प्राधिकरणले २०८० असोज १६ गते सूचना जारी गरी ६७५० मेगावाट नपुगेसम्म ग्रिड कनेक्सन एग्रिमेन्टको रोलक्रमका आधारमा जलविद्युत् आयोजनाको पिपिएका लागि ३५ दिनभित्र विद्युत् व्यापार विभागमा आवेदन दिन सूचना जारी गरेको थियो ।

प्राधिकरणले १०२ मेगावाटको माथिल्लो त्रिशूली–२, ८५ मेगावाटको चमेलिया (छैटीगाड), ३.५ मेगावाटको तल्लो तारा खोला मेगावाटको ढाडखोला सहित १५ आयोजना पिपिए गर्न नआएको प्राधिकरणले जनाएको छ ।

पिपिए रोलक्रमबाट हटाइएका आयोजनाहरू

साथै, प्राधिकरणले रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका तत् पश्चातका पिपिएका लागि योग्य नदी प्रवाही आयोजनाको पिपिए प्रक्रिया अघि बढाउने जानकारी दिएको छ । प्रसारण सम्झौता भइसकेका २२८.८५८ मेगावाटका ६ आयोजनालाई बोलाउने निर्णय भएको विभागले जनाएको छ । अब रोलक्रम अनुसार ४१ मेगावाटको संखुवाखोला, २८.९ मेगावाटको होङ्गु खोला, २२.२४८ मेगावाटको अप्सुवा खोला–१, ३५.१५० मेगावाटको माथिल्लो अप्सुवा खोला, २४ मेगावाटको सुपर सेती र ७७.५ मेगावाटको घुन्सा खोला आयोजनाको पिपिए गरिने भएको छ ।

ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका राेलक्रमका आधारमा पिपिए प्रक्रिया अघि बढाइने आयोजनाहरू 

प्राधिकरणले यो रोलक्रममा परेका आयोजनाका प्रवर्द्धकलाई अबको १५ दिनभित्र पिपिएको आवश्यक प्रक्रियाका लागि सम्पर्कमा आउन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit