विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशकमा इन्जिनियर तथा नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक उमेशप्रसाद थानी सहित १७ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा इन्जिनियरिङ, व्यवस्थापन, प्रशासन क्षेत्रमा लामो समय अनुभव बटुलेका व्यक्तिहरू छन् ।

कार्यकारी निर्देशक सुरेन्द्रप्रसाद पौडेलको कार्यकाल पूरा भएपछि रिक्त पदमा खुला प्रतिस्पर्धाबाट इच्छुक व्यक्तिहरूको आवेदन मागिएको छ । निगमले गत पुस २५ गते सूचना निकालेर इच्छुक व्यक्तिले २१ दिनभित्र आवेदन दिन आह्वान गरेको थियो ।

कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले निकाले सूचना अनुसार उक्त पदमा आवेदन दिन इच्छुक व्यक्तिको योग्यता निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उतीर्ण गरेको हुनुपर्ने छ । साथै, कुनै संस्था वा व्यवस्थापकीय जिम्मेवारीमा रहेर कम्तीमा ५ वर्ष काम गरेको अनुभव समेत हुनुपर्ने उल्लेख छ ।

आवेदन दिने अन्तिम दिन हिजो (माघ १६ गते) सम्म थानी सहित जीवनप्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा. लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल र चित्तरञ्जन दासले आवेदन दिएका छन् ।

यस्तै, थप आवेदकमा रामदेव यादव, डा. चण्डिकाप्रसाद भट्ट, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमार रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । भट्ट यसअघि विशेष आर्थिक क्षेत्र (सेज) का कार्यकारी निर्देशकसमेत रहेका थिए ।

को हुन् थानी ?

स्थायी घर सुर्खेत भएका उमेश थानी पूर्वऊर्जा मन्त्री जनार्दन शर्माको कार्यकाल अर्थात् २०७४ सालको शेरबहादुर देउवा सरकारका पालामा विद्युत् प्राधिकरणको सञ्चालक नियुक्त भएका थिए । उनले करिब २ वर्ष सञ्चालकको जिम्मेवारी सम्हालेर २०७६ कात्तिक ३ गते व्यक्तिगत कारण देखाई तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसमक्ष राजीनामा दिएका थिए ।

प्राधिकरणका जटिल विषयमा निर्णय गर्नुपर्दा मन्त्री पुनले समेत थानीसँग आवश्यक सल्लाह तथा परामर्श लिने गरेको एक पूर्वसञ्चालक स्मरण गर्छन् । त्यतिबेला, नेकपा समर्थित सञ्चालकहरू रहेको प्राधिकरणमा थानीले एक्लै प्रतिपक्षको भूमिका समेत निर्वाह गरेका थिए ।

ट्रंक लाइन महसुल प्रकरण होस् वा चमेलिया जलविद्युत आयोजनाको भेरियसनका विषयमा उनी खरो रूपमा सञ्चालक समितिमा प्रस्तुत हुने गर्थे । मन्त्री पुन र कार्यकारी निर्देशक कुलमान घिसिङले सुरुमा ट्रंक लाइन महसुल मिनाहा दिने निर्णय गर्दा थानीकै पहलमा महसुल उठाउने निर्णय भएको प्राधिकरण अधिकारी बताउँछन् । तर, त्यो महसुल घिसिङ दोस्रो पटक कार्यकारी निर्देशक भएर आउँदासम्म उठेको छैन ।

फरक–फरक राजनीतिक पार्टीप्रति झुकाव राख्ने भए पनि सञ्चालकहरू थानी, भक्तबहादुर पुन, चेतराज जोशी, विश्वप्रकाश गौतमको एउटै मत हुन्थ्यो । जोशी भने कार्यकाल पूरा गरी अहिले जिम्मेवारीबाट बाहिरिइसकेका छन् । प्राधिकरणमा थानीले प्रतिपक्षको भूमिका निर्वाह गरेकै कारण कतिपय विवादित विषयमा निर्णय लिन सञ्चालक समितिलाई सजिलो भएको त्यतिबेलाका सञ्चालकहरू स्वीकार्छन् ।

नेपाली काँग्रेसमा सभापति देउवा निकट मानिने थानीले केही वर्ष एभरेष्ट इन्जिनियरिङ क्याम्पसको प्रिन्सिपलको जिम्मेवारी समेत सम्हालेका थिए । उनी त्यसअघि नेपाल इन्जिनियरिङ एसोसियसनको महासचिव तथा इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार थिए । साथै, केही समय सडक बोर्ड नेपालको सञ्चालक समेत रहेका थिए । थानी हाल काँग्रेस निकट इन्जिनियरिङ संस्था सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्षको जिम्मेवारीमा छन् ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट जलस्रोतमा स्नातकोत्तर उनले समाजशास्त्रमा समेत स्नातकोत्तर उपाधी हासिल गरेका छन् । यस्तै, एलएलबी गरेर कानुन व्यवसायीको अनुमतिपत्र समेत लिएका थानी सार्वजनिक संस्थानको नेतृत्व हाँक्ने सक्षम व्यक्तिको रूपमा पनि चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit