विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संस्थागत सुशासन, पारदर्शिता, जवाफदेहिता जस्ता पक्षलाई आत्मसात गर्दै निजी जलविद्युत क्षेत्रमा काम गरिरहेको नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ४२ मेगावाटको आंशिकजलाशय (पि–आरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

ओखलढुंगा र रामेछापको सीमा भएर बग्ने लिखु खोलामा पहिचान भएको उक्त आयोजना निर्माण गर्न लागि निर्माणपूर्वका काम भइरहेका छन् । अहिलेसम्म विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारीको काम सुरु भइसकेको हुँदा यसलाई समयमै टुंग्याएर निर्माणमा जाने कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए ।

‘विद्युत विकास विभागबाट अध्ययन अनुमतिपत्र प्राप्त भएको ५ महिनापछि नै हामीले काम सुरु गरेका छौं,’ उनले मंगलबार ऊर्जा खबरसँग भने, ‘अध्ययन सकिएको ३ वर्षपछि निर्माण सुरु गर्ने गरी डिपिआरलाई तीव्रता दिइएको छ ।’ डिपिआरपछि उत्पादन अनुमतिपत्र लिने र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्ने कम्पनीको योजना छ ।

निर्माण सुरु भएको ४ वर्षभित्र आयोजनाको सबै काम पूरा गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको पाण्डेले जानकारी दिए । उनका अनुसार आयोजनाको प्रारम्भिक लागत ९ अर्ब रुपैयाँ अनुमान गरिएको छ; जसमध्ये ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने जनाइएको छ ।

सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती–३ निर्माण गरी सञ्चालन गरिरहेको कम्पनीले हाल भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला र ४.५ मेगावाटको तल्लो इन्द्रवती निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit