विद्युत अपडेट

  • प्राधिकरण : ५८४० मे.वा.घन्टा
  • सहायक कम्पनी : ६४२० मे.वा.घन्टा
  • निजी क्षेत्र : १९१३५ मे.वा.घन्टा
  • आयात : ८८३५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ४५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४०६८० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०२ मे.वा.
२०८२ माघ १४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति हुन थालेपछि धागो उत्पादक उत्साहित देखिएका छन् । यसअघि घरायसी प्रयोजनका लागि विद्युत्‌काे आपूर्ति नियमित गरिए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ रहेकोले धागो उत्पादनको लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रवर्द्धनमा असर परिरहेको उद्याेगीहरूले बताउँदै आएका थिए । यस्ताे अवस्थामा भारतबाट थप विद्युत् आयात गरी विद्युत् नियमित गर्ने सरकारको कामको संघले स्वागत गरेको छ ।

‘प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा नेपाल धागो उत्पादक संघ हर्षित र उत्साहित भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक, ऊर्जामन्त्री, परराष्ट्रमन्त्री तथा समग्र पहलकदमी लिने प्रधानमन्त्रीमा संघको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौँ ।’

‘संघमा आवद्ध उद्योगहरूबाट हुने उत्पादन मध्ये ८० प्रतिशतभन्दा विभिन्न देशमा निर्यात भइरहेको पनि संघले जनाएको छ । वार्षिक रुपमा करिब ४० हजार मेट्रिकटन धागो निर्यात गरिरहेको संघले जनएको छ । 

औद्योगिक क्षेत्रले निरन्तर चौबिसै घण्टा विद्युत् पाउने सुनिश्चित गरी उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जनातर्फ सरकारको सार्थक प्रयास रहने अपेक्षा पनि संघले जाहेर गरेको छ ।

यस्ताे छ विज्ञप्ति

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३