विद्युत अपडेट

  • प्राधिकरण : ९०६४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२८७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५४२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १९१९० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७३६३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९११ मे.वा.
२०८२ भदौ ८, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले बिहीबार (साउन १५ गते) बाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले  २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २४ लाख २३ हजार १ सय ८५ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता खरिदका लागि आवेदन दिन सकिने छ । सेयरको निष्काशन छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते बन्द हुने छ ।

कम्पनीले बाग्लुङको गलकोट नगरपालिका–११ मा ९.६ मेगावाटको दरम खोला जलविद्युत् आयोजना निर्माण गरी परीक्षणसमेत सुरु गरिसकेको छ । आयोजनाले अबको १ महिनाभित्र व्यावसायिक विद्युत् उत्पादन सुरु गरिसक्ने जनाएको छ ।

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले आइपिओ जारी गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३