विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको मेकानिकल परीक्षणअन्तर्गत एउटा टर्बाइन (युनिट) मा पानी हालेर घुमाइएको छ । सुरुङमा रहेको एउटा टर्बाइनलाई पुग्ने पानीबाट शनिबार (जेठ १५ गते) परीक्षण सकिएको हो ।

सुरुमा एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने योजना छ । टर्बाइन परीक्षण भए पनि फेरि अर्को ठाउँमा गलत डिजाइन पत्ता लागेको छ । यही समस्याका करण अझै एउटा युनिटबाट विद्युत् उत्पादन गर्न कति समय लाग्छ यकिन हुन सकेको छैन ।

भैंसेतर्फको अडिट (सहायक सुरुङ) बाट मुख्य सुरुङमा जाने गेट जुन काम पूरा भएपछि पानी बाहिर नचुहियोस् भनेर बन्द गर्नुपर्छ । त्यही बन्द गर्नुपर्ने गेटको डिजाइन गलत भएको फेला पारेपछि पुनः मर्मत सुरु गरेको आयोजना स्रोतले जानकारी दियो । स्रोतका अनुसार उक्त गलत डिजाइन मर्मत गर्न करिब एक साता लाग्नेछ ।

‘टर्बाइन परीक्षण भयो, यो तयार छ तर गेट मर्मतको काम कहिले सकिन्छ भन्न सकिन्न,’ स्रोतले मंगलबार ऊर्जा खबरसँग भन्यो,’ एक सातामा काम सकियो भने बाँधबाट पानी छोडेर औपचारिकरूपमा विद्युत् उत्पादन सुरु गर्न सकिन्छ ।’

एउटा युनिटबाट विद्युत् उत्पादन हुने समय नै निश्चित नभएको समयमा अरू युनिट कहिले सञ्चालन हुन्छन् भन्ने कुरा अनुमानमात्र गर्न सकिने अवस्था देखिएको छ । अझ सरकारले नै तामाकोसीबाट पूर्णरूपमा विद्युत् उत्पादन हुने समय पर धकेलिरहेको देखिन्छ ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष (आव) २०७८÷७९ को बजेट तथा कार्यक्रममा यस आवमा तामाकोसीबाट २२८ मेगावाटमात्र विद्युत् उत्पादन हुने प्रक्षेपण गरेको छ । यसको अर्थ आगामी आवमा पनि माथिल्लो तामाकोसी पूर्ण क्षमता (४५६ मेगावाट) मा सञ्चालन हुन सक्दैन भन्नु हो ।

आयोजनाको विद्युत्गृहमा ७६ मेगावाटका ६ वटा टर्बाइन जडान गरिएको छ । तामाकोसीबाट २२८ मेगावाटमात्र उपलब्ध हुन्छ भन्ने आगामी आवमा ३ वटा युनिटबाट विद्युत् उत्पादन हुन सक्छ भन्नु हो । यसरी सरकारकै कारण तामाकोसी झन् झन् पर धकेलिँदै गएको छ ।

यता सेयर बजारमा दलालहरूले हल्ला फिँजाएर अप्पर तामाकोसीको सेयर बढाइरहेका छन् । उता विद्युत् उत्पादन भई केन्द्रीय प्रणालीमा कहिले जोडिन्छ थाहा छैन । यसले कहिले आम्दानी गर्छ र सेयरधनीलाई प्रतिफल दिन्छ भन्ने पनि केही ठेगान छैन ।

माथिल्लाे तामाकाेसी परीक्षणसम्बन्धी थप समाचार

१. म्यानहोलको मर्मत आज सकिने, साँझदेखि पानी भर्ने काम सुचारु गरिँदै

२. व्यवस्थापन भन्छ : ७–८ दिनभित्र सिभिल संरचना र हाइड्रो मेकानिकल उपकरणको परीक्षण सकिन्छ

३. फेरि भूमरीमा फस्तै माथिल्लाे तामाकाेसी, विद्युत् उत्पादनकाे समय अनिश्चित र अन्याेल

४. माथिल्लो तामाकोसी कोरोना चपेटामा, यस्ता छन् लागत दोब्बर हुनुका कारणहरू !

५. सबै युनिट सञ्चालन हुन अझै ४ महिना लाग्ने, श्रेष्ठ भन्छन् : सुरुङमा पानी हाल्दैमा विद्युत् उत्पादन हुँदैन

६. उच्चस्तरीय सरकारी टोलीद्वारा तामाकोसीको अवलोकन, सेटलिङ बेसिनमा पानी छोडियो

७. तामाकोसीको सुरुङमा आजबाट पानी भर्न सुरु, सचिवसहितको टोली आयोजनास्थलतर्फ

८. तामाकोसीको सुरुङ परीक्षण गर्न पानी भर्ने तयारी, लागत सय अर्ब छेउछाउ पुग्यो

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit