विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय उदयपुरले समन्वय गरी सुरक्षा दिएपछि १३२ केभी सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइनको काम धमाधम अघि बढेको छ । कटारी नगरपालिका–४, मरुवाका स्थानीयले अवरोध गरेको क्षेत्रमा ससस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा प्रसारण लाइनको निर्माण भइरहेको हो ।

मरुवामा निर्माण हुन बाँकी प्रसारण लाइनका १० मध्ये ६ वटा टावरको जग तयार भइसकेको आयोजना प्रमुख जनार्दन गौतमले बताए । उनका अनुसार अब ४ वटा टावरको जग तयार हुन बाँकी छ ।

‘प्रहरीले सुरक्षा दिएपछि ठेकेदारले कामलाई तीव्रता दिएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘सबै काम सम्पन्न गर्न अब बढीमा डेढ महिना समय लाग्छ ।’ उनले प्रसारण लाइनको २ वटा टावर पनि खडा गरिसकेको बताए ।

नेपाल विद्युत प्राधिकरणले प्रशासनको सहयोगमा गत असार २४ गतेदेखि प्रसारण लाइनको काम सुरु गरेको थियो । प्राधिकरणले प्रहरीको सुरक्षामा प्रसारण लाइनको संरचना निर्माणको काम सुरु गरे पनि स्थानीयले अनेकन माग राख्ने काम भने रोकिएको छैन ।

स्थानीयले अघि सारेका मागका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले नै छलफल गरिरहेकाले निर्माण प्रभावित नभएको गौतमले जानकारी दिए । स्थानीयले मुआब्जा बढाउनु पर्ने माग राखिरहेकाले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले नै निर्णय लिने उनले बताए ।

स्थानीयले ३ वर्षसम्म विविध माग राखेर प्रसारण लाइनको संरचना निर्माणमा अवरोध गर्दै आएका थिए । मरुवा भएर जाने प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने उनीहरूको प्रमुख माग थियो ।

अहिलेसम्म सञ्चालनमा आइसक्नु पर्ने भए पनि मरुवाबासीको अवरोधकै कारण प्रसारण लाइन सम्पन्न गर्न ढिलाइ हुँदै आएको थियो । मरुवा बाहेकको रुटमा प्रसारण लाइनको जग खनी टावर ठड्याउने तथा तार तान्ने काम सम्पन्न भइसकेको छ ।

प्रसारण लाइनको ३ सय २ मध्ये २ सय ९२ वटा टावरको निर्माण पूरा भइसकेको छ । ९० किलोमिटरमध्ये ७५ किलोमिटर तार तान्ने काम पनि सम्पन्न भइसकेको छ । सोलुखुम्बु र मिर्चैयामा सबस्टेसन निर्माणको काम पनि सम्पन्न भइसकेको छ । 

यो प्रसारण लाइन समयमा सम्पन्न हुन नसकेकै कारण २३।५ मेगावाटको सोलुखोला जलविद्युत आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । विगत १४ महिनादेखि सोलुको १७ मेगावाट विद्युत खेर गइरहेको छ । हिउँदमा सबै उत्पादन प्रणालीमा जोडिए पनि बर्खाको विद्युत खेर गइरहेको छ ।

निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु र १९।८ मेगावाटको माथिल्लो सोलु , ८६ मेगावाटको सोलु दूधकोसी लगायत आयोजना पूरा हुने चरणमा पुगेका छन् । यी आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेकाले प्रसारण लाइन चाँडै सम्पन्न गर्नु पर्ने दवाब प्राधिकरणलाई छ ।

सोलु र तल्लो सोलु सुपर सिक्स अन्तर्गत सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न  दिएका जलविद्युत आयोजना हुन् । सोलु बेसिनमा अहिले तल्लो र माथिल्लो सोलु, सोलु दूधकोसीसँगै ५ मेगावाटको जुनबेंसी आयोजना पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit