विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख ११, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा भारतबाट करिब १ खर्ब रुपैयाँको इन्धन आयात भएको छ । नेपाल आयाल निगमले साउनदेखि पुस दोस्रो सातासम्ममा इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेशन (आइओसी) लाई यति रकम बुझाएको हो ।

चालू आवमा सबैभन्दा बढी मंसिर दोस्रो सातादेखि पुस दोस्रो साताको अवधिमा १४ अर्ब ५९ करोड २० लाख रुपैयाँको पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यास आयात भएको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले बताए । ‘अहिलेसम्म ९४ अर्ब ८५ करोड ३४ लाख ७७ हजार रुपैयाँको इन्धन आयात भइसकेको छ,’ उनले ऊर्जा खबरसँग भने,‘सवारी साधान सञ्चालनमा लगाइएको जोर/विजोर प्रणाली हटेपछि इन्धनको खपत ह्वात्तै बढ्दा आयात परिमाण पनि बढेको छ ।’ 

उनले कोरोना (कोभिड–१९) महामारीको असरले पेट्रोलियम खपत ७० प्रतिशतसम्म कम भएकोमा अहिले पुरानै अवस्थामा आइपुगेको बताए । देशभर लकडाउन र निशेधाज्ञा लागेपछि घटेको इन्धन खपत दशैंपछिबाट क्रमशः बढिरहेको बताए । 

कात्तिकसम्ममा ७० अर्ब २६ करोड १४ लाख ७७ हजार ५ सय ५५ रुपैयाँको इन्धन आयात भएकोमा त्यस यताको २ महिनामा थप २४ अर्ब ५९ करोड २० लाख रुपैयाँ निगमले आइओसीलाई बुझाइएको छ ।

कात्तिकदेखि मंसिर दोस्रो साताको अवधिमा ७ अर्ब ३० करोड रुपैयाँको इन्धन आयात भएको छ । यसअघि असोजदेखि कात्तिक दोस्रो सातासम्म ५ अर्ब ७३ करोड १३ लाख ३३ हजार रुपैयाँको इन्धन आयात भएको उपाध्यायले जानकारी दिए ।

भदौमा ५ अर्ब ८२ करोड ४५ लाख २७ हजार र साउनमा ५ अर्ब ८३ करोड ६५ लाख रुपैयाँको इन्धन आयात गरेर बिक्री वितरण गरिएको निगमले जनाएको छ । साउनमाभन्दा भदौको आयात केही घटेको देखिन्छ ।

कोरोना महामारीका कारण पेट्रोल, डिजेल र हवाई इन्धनकोे खपतमा कमी आए पनि निगमको नाफा बढेको छ । निगमले इन्धन आयात गरेर बिक्री वितरणबापत आर्थिक वर्ष २०७६ / ७७ मा करिब १३ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit