विद्युत अपडेट

  • प्राधिकरण : ९९५२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३१८२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५६३९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४३ मे.वा.
२०८३ साउन १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई दीर्घकालीन रूपमा भरपर्दो र उच्च क्षमतायुक्त बनाउने उद्देश्यसहित निर्माण भइरहेको ४०० केभी लप्सीफेदी सबस्टेसन अन्तिम चरणमा पुगेको छ । करिब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको यो सबस्टेसन आगामी छ भने आगामी पुस दोस्रो सातासम्म चार्ज (सञ्चालन) गर्ने लक्ष्य राखिएको छ ।

आयोजना प्रमुख प्रकाश पौडेलले ऊर्जा खबरसँग कुरा गर्दै सबै प्रमुख विद्युतीय उपकरण आयोजना स्थलमा आइसकेको र अब परीक्षण तथा अन्तिम जडानको काम तीव्र रूपमा भइरहेको बताए । उनका अनुसार आयोजना निर्माणका लागि सन् २०२० डिसेम्बरमा सम्झौता भएको थियो । स्थानीय अवरोधका कारण करिब दुई वर्षसम्म निर्माण सुरु हुन सकेन । सन् २०२३ बाट निर्माण सुरु भएपछि कामले गति लिएको थियो ।

'अहिले समग्रमा करिब ९० प्रतिशत काम सकिएको छ । सबै मुख्य उपकरण साइटमा आइसकेका छन् । अब बाँकी काम सम्पन्न गरेर आगामी पुस दोस्रो साता अर्थात् डिसेम्बरभित्र सबस्टेसन चार्ज गर्ने लक्ष्य छ,' पौडेलले भने । यस सबस्टेसनको अनुमानित लागत करिब २ अर्ब रुपैयाँ रहेको उनले जानकारी दिए ।

शंखरापुर नगरपालिका–३, बोझिनीमा निर्माणाधीन सबस्टेसन नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋण सहयोग रहेको छ । लप्सीफेदीमा ४०० केभीसँगै २२०/१३२/११ केभी सबस्टेसनसमेत निर्माण भइरहेका छन् । यसका लागि ७ करोड ४२ लाख १० हजार अमेरिकी डलर र ९१ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

यसैगरी, बाह्रबिसे–लप्सीफेदी ४०० केभी प्रसारण लाइन निर्माणका लागि १ करोड ६५ लाख ८३ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ८ लाख रुपैयाँ बराबरको ठेक्का सम्झौता गरिएको थियो । करिब ४६ किलोमिटर यो प्रसारण लाइन एक महिना अगाडि नै निर्माण पूरा भइसकेको छ ।

२२०/१३२/११ केभी सबस्टेसनसमेत आगामी डिसेम्बर महिनाभित्र निर्माण पूरा गरी सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख नितिस पौडेलले बताए । बाह्रबीसे-लप्सीफेदी प्रसारण लाइन निर्माण पूरा भए पनि सबस्टेसन तयार नभएको चार्ज हुन सकेको छैन,' उनले भने ।

काठमाडौँको महत्त्वपूर्ण विद्युत् हब

तामाकोसी, सुनकोसी तथा तिनका सहायक नदीमा निर्माण भएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ उपत्यकामा भित्र्याउन ४००/२२०, २२०/१३२ तथा १३२/११ केभी क्षमताको ग्यास इन्सुलेटेड सबस्टेसन निर्माण भइरहेको छ । ११ केभी भने त्यहाँसम्म आपूर्ति भएको विद्युत् स्थानीय तहमा वितरण गर्नका लागि निर्माण भइरहेको २२०/१३२/११ केभी सबस्टेसनका आयोजना प्रमुख पौडेलले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार करिब १७२ रोपनी क्षेत्रफलमा फैलिएको लप्सीफेदी सबस्टेसन काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिको सबैभन्दा ठूलो 'पावर हब' बन्नेछ । खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी सबस्टेसनमा कन्ट्रोल रुम, जीआईएस भवनलगायत संरचना निर्माण अन्तिम चरणमा पुगेका छन् । पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानललगायत आवश्यक सबै मुख्य उपकरण आयोजना स्थलमा पुगिसकेका छन् ।

रामेछापको नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन यही लप्सीफेदी सबस्टेसनमा जोडिनेछ । भविष्यमा अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत निर्माण भइरहेको ४०० केभी राष्ट्रिय प्रसारण लाइनसँग पनि यो सबस्टेसन जोडिनेछ । त्यसपछि लप्सीफेदी–रातमाटे–नयाँ बुटवल करिडोरमार्फत देशको उच्च क्षमताको प्रसारण प्रणाली सञ्चालनमा आउनेछ, जसले काठमाडौँ उपत्यकासहित राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता र क्षमता उल्लेखनीय रूपमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३