विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आर्थिक विकासलाई तीव्ररूपमा अगाडि बढाइरहेको भारतले पछिल्लो ६ वर्षमा मात्र १ लाख ३९ हजार मेगावाट जडित क्षमता थपेको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार (माघ १९ गते) सदनमा बजेट प्रस्तुत गर्दै उक्त तथ्यांक सार्वजनिक गरेकी हुन् ।

हाल भारतको विद्युत्को जडित क्षमता करिब ३ लाख मेगावाट पुगेको छ । पछिल्लो ६ वर्षमा भारतले थप २ करोड ८० लाख घरधुरीमा विद्युत्को पहुँच पुर्याएको जनाएको छ । यस्तै, सोही अवधिमा १ लाख ४१ हजार किलोमिटर प्रसारण लाइन निर्माण गरेको मन्त्री सितारमणले उल्लेख गरेकी छन् ।

आगामी ५ वर्षभित्र विद्युत् वितरण प्रणालीलाई गुणस्तरीय बनाउँदै हरेक जनतामा उज्यालो पुर्याउन भारतले ३० खर्ब ५९ अर्ब ८४ करोड भारु बजेट विनियोजन गरेको छ । यो सँगै हाइड्रोजनबाट विद्युत् उत्पादन गर्ने अभियानलाई पनि तीव्रता दिने जनाएको छ ।

भारतले आर्थिक वर्ष सन् २०२१÷२२ भित्र वायुबाट ४ हजार मेगावाट, साना जलविद्युत्बाट सय मेगावाट, बायोग्यासबाट ३ सय मेगावाट र सोलारबाट ७ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । हाल भारतको जलविद्युत् जडित क्षमता करिब ५० हजार मेगावाट पुगेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० को नोभेम्बरमा भएको तेस्रो पुनर्लगानी सम्मेलनमा बृहत राष्ट्रिो हाइड्रोजन ऊर्जा मिसन सुरु गर्ने घोषणा गरेका थिए । यसलाई मुर्त रूप दिन यही आवभित्र एक हाइड्रोजन इनर्जी मिसन सुरु हुने बजेट भाषणमा उल्लेख छ ।

परम्परागत ऊर्जा घटाउँदै स्वच्छ ऊर्जा विकास गर्ने उद्देश्यले भारतीय सौर्य ऊर्जा निगममा १० अर्ब भारु र नवीकरणीय ऊर्जा विकास एजेन्सीमा १५ अर्ब भारु बजेट विनियोजन गरिएको छ ।

नेपालले एउटा ३० मेगावाटको चमेलिया निर्माण गर्न ११ वर्ष लगायो । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको निर्माण सुरु भएको पनि ११ वर्ष हुन लाग्यो । तर, पूरा भएको छैन । उता भारतले ६ वर्षमै जडित क्षमता झन्डै डेढ लाख मेगावाट पुर्याउनुलाई चमत्कार नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit