विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जलविद्युत् बीमाका लागि ‘नेपाल बीमा प्राधिकरण (नेपाल सरकार)’ को नीतिलाई बीमा लेख धारक (अथवा जलविद्युत् लगानीकर्ता) को दृष्टिकोणबाट सुक्ष्म ढंगले नियाल्दा जलविद्युत् क्षेत्रले विविध समस्याहरू भोगिरहेको देखिन्छ । जलविद्युत् उद्योगलाई बीमाबाट साँच्चिकै सुरक्षित बनाउनका लागि कतिपय विषयमा ध्यान पुर्‍याउन जरुरी छ त ?

जलविद्युत् उद्योगले बीमा कम्पनीहरूबाट भोगिराखेको जल्दाबल्दा समस्याहरू यहाँ उल्लेख गर्न सकिन्छ ।

१. बीमा दावी नदिने

२. क्षतिभन्दा निकै कम दिने

३. क्षतिपूर्ति दिन ढिला गर्ने

उल्लिखित समस्याहरू किन आइरहेका छन् ? यिनको सामाधान कसरी गर्ने ? यस्ता समस्या बीमा कम्पनीहरूले जानीजानी वा मनोमानी हिसाबले उत्पन्न गरेका हुन वा जलविद्युत् कम्पनीका पनि कमजोरी छन् ? जसका कारण उल्लिखित समस्याहरू दोहोरिइरहेका छन् ।

क्षति बमोजिम दावी नपाउनु, पाए पनि थोरै पाउनु र ढिला पाउनुमा हामीले बीमा कम्पनीलाई दोष दिएर बसेका हुन्छौँ । कतिपय मामिलामा यस्तो हुन सक्छ तर अधिकांशतः त्यस्तो हुँदैन । त्यस्ता समस्या सामाधानका लागि बीमा कम्पनीले होइन जलविद्युत् उद्योगले केही विषयमा सुधार ल्याउन अत्यन्त जरुरी देखिन्छ ।

बीमा कम्पनीहरू भौतिक क्षतिको क्षतिपूर्ति दिन नै बसेका हुन्छन् तर जलविद्युत्‌कै कमीकमजोरीले गर्दा क्षति बराबरको दावी लिन सकिरहेका हुँदैनन् । किनकि, बीमा कम्पनीको नियामक निकाय (नेपाल बीमा प्राधिकरण) ले बीमा कम्पनीहरूलाई दुइटा कुरा स्पष्ट भनेको हुन्छ ।

क) प्रक्रिया पुगेको दावीलाई तुरुन्त फर्स्याैट गर्नु ।

ख) प्रक्रिया नपुगेको दावीलाई फर्स्याैट गरेमा कारबाही हुनु ।

प्रायः सबै क्षतिहरूमा जलविद्युत्‌कै कमी–कमजोरी देखिन्छ । जसले गर्दा बीमा कम्पनीले दावी फर्स्याैट गर्न सक्दैनन् । त्यसकारण, क्षति अनुसारको दावी पाउनका लागि निम्न कुराहरूमा ध्यान पर्‍याउन जरुरी छ ।

बीमा प्राधिकरणले सम्पत्ति बीमाका लागि सम्पत्तिको प्रकृति अनुसार ६/७ प्रकारको बीमालेख उपलब्ध गराएको छ । जसमध्ये जलविद्युत्‌ले उपयुक्त सम्पत्ति बीमालेख खरिद गर्नुपर्छ । सम्पत्ति विवरण उपलब्ध गराउँदा हालको बजार मूल्य अनुसार परिमार्जन गरेको हुनुपर्छ र सम्पत्तिको जोखिम बीमालेखमा समेट्नुपर्छ । त्यस्तै, बीमाको शुल्क (प्रिमियम) लाई कहिले पनि जोगाउन वा कम गर्न खोज्नु हुँदैन । किनकि, आज थोरै प्रिमियम जोगाउँदा भोलि दैवी विपत्ति पर्दा धेरै रकम नोक्सानी हुन जान्छ ।

अन्त्यमा, क्षति भएको सम्पत्ति अविलम्ब (प्रक्रिया पुर्‍याएर) मर्मत गर्ने र सोको जानकारी तथा कम्पनीले मागेका आवश्यक कागजातहरू समयमै उपलब्ध गराउने गर्नुपर्छ । यी पक्षमा मात्र ध्यान दिन सकेमा जलविद्युत् उद्योगमा देखिएका बीमा दावी सम्बन्धी समस्याहरूको समाधान हुन्छ ।

लेखक, एवान रिइन्स्योरेन्स ब्रोकरका नायब प्रमुख कार्यकारी अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३