विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । समय–समयमा वर्षा नहुँदा, खोलामा पानीको बहाब नबढ्दा र नदी प्रवाही जलविद्युतगृहको विद्युत उत्पादनमा सुधार नहुँदा पछिल्ला केही सातादेखि देशमा ऊर्जा संकट देखिएको छ । एक्कासी सोमबार अपरान्हबाट काठमाडौं उपत्यका लागायत देशका अधिकांश ठाउँमा अविरल वर्षा भयो ।

अधिकांश नदी प्रवाही जलविद्युत आयोजना रहेको नेपालका लागि बर्खा हुनुको सुखद पक्ष विद्युत उत्पादन पनि बढ्छ भन्ने आकलन गर्नु हो । नेपाल विद्युत प्राधिकरणले समेत यही आकलन गरेर बसेको थियो । तर, एक दिनको वर्षाले खासै सुधार नभएको र विद्युत उत्पादन पनि बढ्न नसकेको प्राधिकरण ठूलो जलविद्युतगृह सञ्चालन विभागका निर्देशक रामकुमार यादवले बताए ।

आन्तरिकरूपमा पर्याप्त विद्युत उत्पादन हुन नसक्दा र भारतबाट समेत आवश्यक परिमाणमा खरिद गर्न नपाउँदा प्राधिकरणले पछिल्ला दुई सातादेखि औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गरेको छ । सोमबारको वर्षाले खोलामा पानीको बहाब बढ्ने तथा विद्युत उत्पादनमा पनि सुधार भएपछि औद्योगिक क्षेत्रको आपूर्ति सहज बनाउन सकिनेमा प्राधिकरण आशावादी थियो । तर, त्यस्तो परिस्थिति सिर्जना हुन सकेन ।

प्राधिकरणले अब बर्खा सुरु हुन लागेकोले भारतबाट विद्युत आयात गर्न नपाए पनि आन्तरिक उत्पादनबाट औद्योगिक क्षेत्रलगायतमा आपूर्ति व्यवस्था सहज बनाउने भने पनि अहिलेसम्म मौसमले साथ दिएको छैन ।

प्राधिकरणको पूर्ण स्वामित्वमा सञ्चालन भएको देशकै ठूलो १४४ मेगावाटको कोलीगण्डकी ‘ए’ को उत्पादनमा सोमबारको वर्षाले खासै सुधार नभएको जलविद्युत केन्द्र प्रमुख पशुपतिराज गौतमले बताए । उनका अनुसार अहिले कालीगण्डकीबाट करिब १०२ मेगावाट उत्पादन भइरहेको छ । एक दिनको वर्षाले यसको उत्पादनमा जम्मा ७ मेगावाटमात्र थपिएको पनि उनले बताए ।‘यो हिउँदमा विद्युतगृहबाट न्यूनतम ६८ मेगावाटसम्म र गत वर्षको हिउँदमा ५० मेगावाटसम्म उत्पादन भएको थियो,’ गौतमले थपे ।

यसैगरी, ६९ मेगावाटको मर्स्याङदी पनि औसतमा ५०÷५२ मगावाटमा सञ्चालन भइरहेको मर्स्याङदी जलविद्युत केन्द्र प्रमुख बद्री फुयालले बताए । ‘मर्स्याङदी कोरिडोरमा सामान्य वर्षा भए पनि पानीको बहाब नबढ्दा उत्पादन बढेको छैन’, उनले भने, ‘बरु गत चैतमा हिउँ पग्लेर पानीको बहाब बढ्दा उत्पादन बढेको थियो ।’

देशको विद्युत माग र आपूर्तिबीच सन्तुलन मिलाउने प्रमुख आधार मानिएको कुलेखानी जलाशयको पानीको सतह सोमबारको वर्षाले ७२ सेन्टिमिटर मात्र बढेको छ । अहिले पानीको सतह १५०२.२ सम्म पुगेको कुलेखानी जलविद्युत पहिलोका केन्द्र प्रमुख धिरेन्द्र चौधरीले बताए । निजी क्षेत्रका विद्युतगृहबाट पनि उत्पादनमा खासै सुधार नभएकाे बताइएकाे छ ।

गत २०७८ चैतमा हिउँ पल्लन थालेपछि मुलुकको जलविद्युत उत्पादन बढेको थियो । नेपालमा सरकार र निजी क्षेत्रले निर्माण गरेको अधिकांश जलविद्युत आयोजना नदी प्रवाही (आरओआर) भएकाले खोलाको बहाब बढेर उत्पादन बढेको थियो

चैतको २ हप्ता बढेको उत्पादन क्रमश फेरी घढ्दै गएको छ । बैशाख सुरुसँगै सामान्य पानी पर्न थालेपनि पानीको बहाब नबढ्दा उत्पादन बढेको छैन् । सोमबार (बैशाख १९ गते) पनि उपत्यकालगायत विभिन्न जिल्लामा दिउँसो करिब २ बजेदेखि भारी वर्षा भएको थियो । पानी परेपनि खोलाको बहाब खासै बढेको देखिएन् ।

नेपाल विद्युत प्राधिकरणको प्रणालीमा अहिले २१६७ मेगावाट विद्युत उपलब्ध छ । गत बिहीबार (बैशाख १५ गते) प्राधिकरणको विद्युतगृहबाट ४९६ मेगावाटका, उसका सहायक कम्पनीबाट ३७७ र निजी क्षेत्रबाट करिब ३३५ मेगावाट विद्युत उत्पादन भएको थियो । 

पछिल्लो समयको औसत विद्युत उच्च माग १७०० मेगावाट छ । औसत माग पूर्ति गर्न प्राधिकरणले करिब ५ सय मेगावाटको हाराहारीमा विद्युत आयात गर्नुपर्नेमा करिब २०८ मेगावाट मात्र आयात गरेको थियो । जसले गर्दा प्राधिकरणले ३ सय मेगावाटसम्म लोडसेडिङ गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit