विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कालिका कन्स्ट्रक्सन कम्पनीले १८.१२ मेगावाटका २ जलविद्युत आयोजना निर्माण गर्न उत्पादन अनुमतिपत्र पाएको छ । कम्पनीले गण्डकी प्रदेशको गोरखा जिल्लामा पहिचान भई अध्ययन पूरा भएकाका यी आयोजनाको उत्पादन अनुमतिपत्र पाएको हो । 

विद्युत विकास विभागले अजिरकोट र वारपाक सुलीकोट गाउँपालिका भएर बग्ने दरौदी खोलामा निर्माण हुने ९.८२ मेगावाटको माथिल्लो दरौदी ‘सी’ साना र ८.३ मेगावाटको माथिल्लो दरौदी ‘बी’ साना जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र दिएको कम्पनीले जनाएको छ । 

विभागले वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा कम्पनीलाई उत्पादन अनुमतिपत्र दिएको हो ।पूर्व तयारीका सबै काम पूरा भइसकेकाले अब आयोजनाको संरचना निर्माण सुरु गरिने पनि कम्पनीले जनाएको छ ।

दुवै आयोजनाको मुख्य संरचना दरौदी खोलाको दाहिने किनारमा रहने गरि डिजाइन तयार पारिएको छ ।दुवै आयोजना निर्माण सम्पन्न गरी २०८० पुस १५ गतेदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य छ । माथिल्लो दरौदी ‘सी’ पूरा भएपछि वार्षिक ५८.५२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । 

माथिल्लो दरौदी ‘बी’ ले पनि वार्षिक ४७.२८२ गिगावाट घण्टा विद्युत उत्पादन गर्नेछ । आयोजनाबाट उत्पादन हुने विद्युत ३० किलोमिटर टाढा मार्कीचोक सबस्टेसनमा जोडिनेछ । 

कालिकाले यस अघि पनि ६ मेगावाटको दरौंदी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ  । यो आयोजनाले २०७३ मंसिर १२ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit