विद्युत अपडेट

  • प्राधिकरण : ९९५२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३१८२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५६३९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४३ मे.वा.
२०८३ साउन २०, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण लाइन पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भएको छ । लामो समयदेखि स्थानीय अवरोध तथा 'राइट अफ वे' सम्बन्धी समस्याका कारण उक्त सबस्टेसन सञ्चालनमा आउन ढिलाइ भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा सबस्टेसन निर्माण भएको हो । आयोजना अन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दी लगायतका जिल्लामा ३३/११ केभी सबस्टेसन, ३३ केभी लाइन, ११ केभी फिडर तथा ४०० भोल्टको एलटी वितरण लाइन निर्माण गर्ने योजना थियो ।

सबस्टेसन सञ्चालनमा आएपछि उत्तरी गोरखाका जनताले ठूलो लाभ प्राप्त गर्ने नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए । 'सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका १५ हजार नागरिकले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्नेछन्,' उनले भने, 'यस क्षेत्रमा निर्माणाधीन बारपाक दरौँदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने १० मेगावाट विद्युत् समेत यसै सबस्टेसनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिने छ।'

यो सबस्टेसन सञ्चालनमा आएपछि गोरखाका उत्तरी भेगमा बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपभोग गर्ने आशा पलाएको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जाराले बताए । यसले गोरखा बजार सबस्टेसनको समेत लाइन अवरुद्ध हुने समस्या न्यून हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३