विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चालु आर्थिक वर्ष (२०८०/८१) को पहिलो ४ महिनामा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरका विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार कात्तिक मसान्तसम्ममा साना–ठूला जीप, भ्यान तथा मोटरसाइकल र स्कुटर समेत गरी ७ अर्ब ५८ करोड ७५ लाख रुपैयाँभन्दा बढीको विद्युतीय सवारी साधन आयात भएको हो ।    

यस अवधिमा भारतबाट ३ पाङ्ग्रे सवारी साधन र ५० किलोवाटमाथिका जीप तथा भ्यान गरी १ हजार ८६१ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन् । यस्तै यस अवधिमा ३ पाङ्ग्रे विद्युतीय सवारी साधन ३ हजार ६२ वटा तथा ५० देखि १०० किलोवाटसम्मका १ हजार ५५४ वटा जीप तथा भ्यान आयात भएको विभागको तथ्याङ्क छ । 

यस अवधिमा इन्डोनेसियाबाट ५० देखि १०० किलोवाटसम्मको १३ वटा इलेक्ट्रिक जीप तथा भ्यान भित्रिँदा कोरियाबाट १०० देखि २०० किलोवाटसम्मको एउटा र जर्मनीबाट एउटा इलेक्ट्रिक जीप नेपाल भित्रिएको छ । 

विभिन्न देशबाट यस अवधिमा २ हजार ७६० वटा १०० किलोवाटभन्दा कम क्षमताका जीप तथा भ्यान आयात हुँदा २८ वटा १०० किलोवाटमाथिका सवारी साधन आयात भएको विभागको तथ्याङ्क छ । 

यस्तै यस अवधिमा चीन, भारत युएई तथा इन्डोनेसियाबाट २९ करोड ४७ लाख बढीको इलेक्ट्रिक स्कुटर र मोटरसाइकल आयात भएको भन्सार विभागले जनाएको छ । कात्तिक मसान्तसम्ममा चीनबाट १३ करोड ५२ लाख ८८ हजार रुपैयाँको १ हजार २८१ वटा इलेक्ट्रिक स्कुटर र मोटरसाइकल आयात भएको छ । साना सवारीमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । यस्तै यस अवधिमा भारतबाट ७४५ वटा, इन्डोनेसियाबाट ७२ र  युएईबाट २ वटा इलेक्ट्रिक मोटरसाइकल र स्कुटर आयात भएको छ । 

पछिल्लो समय वातावरणमैत्री हुनुका साथै पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा इलेक्ट्रिक सवारीमा सरकारले लिएको सरल नीतिका कारण इलेक्ट्रिक सवारीतर्फ मानिसको आकर्षण बढ्न थालेको छ । 

सरकारले जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकुलन राष्ट्रिय कार्यान्वयन योजनामा समेत सन् २०३० सम्ममा निजी सवारीमा ९० प्रतिशत र सार्वजनिक सवारीमा कुल सवारीको ६० प्रतिशत विद्युतीय सवारी साधन बिक्री गर्ने लक्ष्य राखेको छ । यस्तै योजनाले सन् २०२५ सम्ममा दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधन बिक्रीको २५ प्रतिशत हिस्सा विद्युती सवारी साधनको हुने लक्ष्य पनि योजनाले लिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit