विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँ जिल्लामा तनहुँ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको लट-२ को सिभिल संरचनाको काम करिब ५० प्रतिशत पूरा भएको छ । सिनो हाइड्रो कर्पोरेसन, चीनले निर्माण ठेक्का पाएको लट-२ को काम आधा सकिएको हो ।

चिनियाँ ठेकदारले सुरुङ, विद्युतगृह, हाइड्रोमेकानिल तथा इलेक्ट्रोमेकानिल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो लटको काम गरिरहेको छ । ३० प्रतिशत निर्माण पूरा भएको आयोजनाको १४०० मिटर लामो मुख्य सुरुङमध्ये ४०० मिटर खन्ने काम सकिएको आयोजना प्रमुख राजाभाइ शिलपकारले बताए । ‘१००० मिटर  सुरुङ खन्ने काम तिव्र गतिमा अघि बढेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘भूमिगत विद्युतगृहको जग खन्ने काम पूरा गरेर ढलान गर्ने काम भइरहेको छ ।’

आयोजनाको काम ३ लटमा भइरहेको छ । लट–१ अन्तर्गत बाँध निर्माणको काम  सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीले गरिरहेकाे छ । अहिले, नदी फर्काउनका लागि डाइभर्सन र टनेलको काम भइरहेको छ ।आयोजनाको काम तिव्र गतिमा अघि बढेपनि भारतबाट चाइनिज ठेकेदारले विस्फोटक पदार्थ आयात गर्न नसक्दा प्रभावित भइरहेको शिलपकारले बताए ।

‘अहिलेको नयाँ कार्यविधि अनुसार एक आयोजनाको अर्को आयोजनाले अर्थात आयोजनाभित्रकै एक लटले अर्को लटको विस्फोटक पदार्थ प्रयोग गर्ने नपाउने नियमले गर्दा पनि आयोजनाको काम प्रभावित हुने अवस्था सिर्जना भएको छ’ उनले भने ।

आयोजनाको सबै काम पूरा गरेर २०८३ जेठ (२०२६ मे) भित्र उत्पादन सुरु गर्ने लक्ष्य छ । आयोजनाबाट उत्पादन हुने विद्युत न्यू भरतपुर सबस्टेसनमा जोडिनेछ । 

लट–३ को सबस्टेसनसम्मको आवश्यक लाइनको काम केइसी इन्टरनेशनल, भारतले गरिरहेको छ । ३४.७ किलोमिटर लामो लाइन रहने ९४ टावरमध्ये ४८ वटाको जग खन्ने काम सकिएको छ । २६ वटा टावर ठ्डयाउने र एक किलोमिटर तार तान्ने काम सकिएको छ । लाइनको रुट पर्ने वन क्षेत्रमा समस्या हुँदा काम प्रभावित भइरहेकोले पनि शिलपकारले बताए ।

पहिलो र दोस्रो प्याकेजको निर्माण पूरा गर्न २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हिउँदमा प्रतियुनिट १२.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ६.०८ रुपैयाँमा विद्युत् किन्ने गरी तनहुँ हाइड्रो पावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।  आयोजनाको बर्खाको ऊर्जा ६५ प्रतिशत कायम गरिएको छ ।

टेक अर पे (लिउ या तिर) प्रावधानमा गरिएको पिपिएमा वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धिको व्यवस्था गरिएको छ । कूल ५० करोड ५० लाख अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसहित) लागत अनुमान गरिएको आयोजनामा एसियाली विकास बैंक (एडिबी), जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लगायत विकास साझेदार निकायको लगानी छ ।

आयोजनामा एडिबीको १५ करोड अमेरिकी डलर, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को १८.४० करोड डलर, युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले ८ करोड ५० लाख डलर र सरकार तथा प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्नेगरी वित्तिय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit