विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँचथरस्थित १० मेगावाटको काबेली ‘बी’-१ क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । अरुण भ्याली हाइड्रोडेभलपमेन्ट कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत मंगलबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

सबै चरणमा परीक्षण पूरा गरेर बिहान ११.५५ बजेबाट आयोजनाको विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिएको कम्पनीका अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । ‘१ महिना जति हाम्रो आयोजनाको उपकरण तथा संरचनाको परीक्षण गर्न लाग्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘मंगलबारबाट आयोजनाले प्रसारण प्रणालीमा विद्युत दिन सुरु गरेको छ ।’ उनका अनुसार अहिले आयोजनाले ५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । 

यो जडित क्षमताको ५० प्रतिशत हो । उनले अहिले आयोजनाबाट परीक्षण उत्पादन भइरहेको र २ साता नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिइपछि व्यापारिक उत्पादन सुरु गरिने जानकारी दिए । कोरोना (कोभिड–१९) महामारीकाबीच पनि काम सुरु भएको २ वर्षमा सम्पन्न भई आयोजनाबाट विद्युत उत्पादन भएको न्यौपानले बताए ।

‘हामीले त जत असोजमा नै आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने योजना बनाएका थियौं । कोरोना प्रभावले आयोजनाको निर्माण लम्बिँदा ५ महिना जति ढिलो हुन पुग्यो । काम थालेको २ वर्षमा सम्पन्न गरेर विद्युत उत्पादन सुरु हुनुलाई पनि हामीले ठूलो उपलब्धी ठानेका छौं’ उनले भने ।

यो आयोजना २५ मेगावाटको काबेली ‘बी’-१ को क्यासकेड आयोजना हो । काबेली‘बी’-१ को विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानीकाे उपयोग भइ यो आयोजनाबाट विद्युत उत्पादन भएकाे छ ।

काबेली ‘बी’-१ ले छोडेको पानी यो आयोजनाको विद्युतगृहसम्म पठाउन १२ सय मिटरको कंक्रिट नहर र साढे १२ सय मिटर लामो ‘लो प्रेसर’ पेनस्टक पाइप राखिएको छ । आयोजनाको विद्युतगृहमा जर्मनीको डब्ल्युकेभीले उत्पादन गरेका इलेक्ट्रोमेकानिकल उपकरण जडान गरिएको छ । यसअघि यही कम्पनीले निर्माण गरेको ३ मेगावाटको पिलुवा खोलामा पनि डब्ल्युकेभीका उपकरण जडान गरिएको थियो । 

आयोजना सम्पन्न गर्दा २ अर्ब रुपैयाँ खर्च भएको अनुमान छ । जसमा १ अर्ब ४० करोड रुपैयाँ बैंकको ऋण लगानी हो । आयोजनामा बैंक अफ काठमाडौंको अगुवाईमा कुमारी बैंकको पनि लगानी छ ।

६० करोड रुपैयाँ स्वपुँजी लगानी हो । स्वपुँजी लगानी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले यसअघि संखुवासभाको पिलुवा खोलामा ३ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।

कम्पनीले पिलुवाको विद्युत बिक्रीबाट हुने आम्दानी सहायक कम्पनीमार्फत आधा दर्जन बढी जलविद्युत आयोजनामा लगानी गरेको छ । काबेली ‘बी’-१ क्यासकेड आयोजनामा भने कम्पनीको शतप्रतिशत लगानी छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit